१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकामा भयानक कार दुर्घटना

विजय थापा

वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा नेपाली युवतीकाे ज्यान गएकाे छ। सवार यवतिको समेत मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।

फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार गत बिहीबार डिसेम्बर १५ तारीख फ्लोरिडाको राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटनामा अलाबामा ट्रोयकीी युवतीको मृत्यु भएको हाे। कार संगम सुवेदीले चलाएका थिए।

कार राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा सडकमा रातो बत्ती बलेको समयमा नरोकिइ अघि बढ्दा दुर्घटना भएको राजमार्ग प्रहरीले जनाएको छ। तीब्र गतिको कार राजमार्ग २० तथा ७९ को बिन्दु (इन्टर सेक्सन) मा रोक्नु पर्ने थियो। सिधै अघि बढ्दा अगाडि रहेको २०१० को इन्टरनेसनल बक्स नामक मालबाहक गाड़ीसँग ठक्किन पुगेको थियो। सो मालबाहक गाडीले अर्को गाडीलाइ ठक्कर दिएको थियो।

दुर्घटना भएको गाडीमा सुवेदी बाहेक अलाबामा ट्रोयकै २० बर्षीय छात्रा श्रद्धा सिह ठाकुरी तथा १९ बर्षीय असलीशा पण्डित घाइते भएका छन्। गम्भीर घाइते भएका उनीहरूलाइ फ्लोरोडा पानामास्थित एक चिकित्सा केंद्रमा भर्ती गरिएको छ। सबै यात्रीले सुरक्षा पेटी लगाएको र मदिरा सेवन नगरेको प्रहरीले बताएएको छ। उनीहरुविरूद्ध कुनै आरोप दाखिला भइसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

(स्थानीय मिडियालाई उदृत गर्दै यसअघि दुर्घटनामा दुईकाे मृत्यु भन्ने पर्न गएकाेका क्षमाप्रार्थी छाैं। -सम्पादक)

प्रकाशित: २ पुस २०७३ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App