राष्ट्रियसभामा शोक प्रस्ताव पारित

शुक्रबार, ०४ पुष २०७६, १७ : ४९ नागरिक

काठमाडौं– राष्ट्रियसभाले विभिन्न मितिमा निधन भएका चार जना पूर्व सांसदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाको शुक्रबारको बैठकले संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म निधन भएका तत्कालीन नेकपा एमालेका तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधनप्रति उक्त शोक प्रस्ताव पारित गरेको हो।  

तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका हरि बैरागी दाहालको ६२ वर्ष र एमालेकै तर्फबाट संविधानसभामा समानुपातिक निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षको उमेरमा निधन भएको थियो।

नेकपाबाटै प्रतिनिधिसभामा सदस्य रहेका रामलखन महतोको ६६ वर्ष र नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेका रामेश्वर ढुङगेलको ५९ वर्षको उमेरमा निधन भएको थियो।

शोक प्रस्तावमा चारै पूर्वसांसदको प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पुर्‍याएको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।

उनीहरुको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो। राष्ट्रियसभाको अर्को बैठक यही पुस ७ गते दिउँसो १ बजे बस्नेछ।रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad