१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'सत्तापक्ष र विपक्षीबीच सहकार्य आश्चर्य होइन'

काठमाडौं- राष्ट्रियसभा सदस्य वृखेषचन्द्र लालले विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको बताएका छन्। राष्ट्रियसभाको पाँचौ अधिवेशनमा बोल्दै उनले निर्वाचन र पार्टीको एजेण्डा फरक कुरा भएकाले राम्रो कुराका लागि सत्तापक्ष र विपक्षी दलबीच सहकार्य हुनु कुनै आश्चर्यको कुरा नभएको बताए।

संघीयताको कार्यान्वयन, राष्ट्रिय सहमति र समाधान तथा विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सहकार्य हुनु नै राजनीतिक आचरण भएको उनले उल्लेख गरे।

यसअघि राष्ट्रिसभा सदस्य सुरेन्द्रराज पाण्डेले सत्तापक्ष र विपक्षी दल निर्वाचनमा गठबन्धन बनाएर जानु राजनीतिक चरित्रभन्दा बाहिरको कुरा भएको बताएका थिए। राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग चुनावी गठबन्धन गरेको छ।

एक फरक प्रसंगमा लालले राज्य शक्तिको बाँडफाँड अनुसार शासन प्रणालीको कायान्वयनले मात्र सुशासनको स्थापना हुँने बताउँदै उनले समावेशी चरित्रका आधारमा विविधपूर्ण राष्ट्रियताको जग मजबुद हुने कुरामा कुनै विवाद नरहेको बताए।

संविधान संशोधनको मुद्धा अहिले पनि आफ्नो दलले जिवित नै राखेको स्मरण गराउँदै लालले प्रदेश र स्थानीय तहको तर्फबाट संघीय सरकारमाथि निगरानी गर्नु सदनको मुख्य जिम्मेवारी भएको बताए। उन राष्ट्रिय जनता पार्टी (राजपा) बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन्।

प्रकाशित: ४ पुस २०७६ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App