१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘विकासे मन्त्रालयको प्रगति सन्तोषजनक देखिएन’

काठमाडौं – संसद्को अर्थ समितिले चालु आर्थिक वर्षको चौमासिक अवधिमा विकासे मन्त्रालयको भौतिक र वित्तीय प्रगतिबीच ठूलो खाडल देखिएको बताएको छ। सिंहदरबारमा बिहीबार भएको अन्तरमन्त्रालय चौमासिक समीक्षा कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहालले विकासे मन्त्रालयको चौमासिक अवधिमा भएको विकासे आयोजनाको भौतिक र वित्तीय प्रगतिबीच तालमेल नदेखिएको बताए।

‘बिहीबारको बैठकमा ६ मन्त्रालयको समीक्षा भयो,’ उनले भने, ‘६ वटैको भौतिक प्रगति सन्तोषजनक देखिएको छैन। मन्त्रालयको भौतिक र वित्तीय प्रगतिबीच ठूलो खाडल देखिएको छ, जुन निकै गम्भीर विषय हो।’ समितिमा बिहीबार अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका सचिव उपस्थितिमा वार्षिक समीक्षा कार्यक्रम भएको थियो। सभापति दाहालले भौतिक र वित्तीय प्रगतिबीचको खाडल तत्कालै अन्त्य गर्नुपर्ने बताए।

अध्यक्ष दाहालले कुनै पनि आयोजनाको प्रगति सन्तोषजनक नपाइएको बताए। ‘लगभग सबै मन्त्रालयको प्रगति सन्तोषजनक देखिएन,’ उनले भने, ‘अब लक्ष्य अनुसार काम सम्पादन गर्नुपर्ने बेला आएको छ।’ समितिका अनुसार प्रत्येक परियोजनाले निर्देशिका बनाएर काम गर्नुपर्नेमा त्यो गरेका छैनन्। समितिले सरकारी कर्मचारी पर्याप्त नहुँदा आयोजनाले गति लिन नसकेको जनायो।

प्रकाशित: ४ पुस २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App