१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

काठमाडाैं म्याराथनको तयारी पूरा

काठमाडौं – प्रो स्पोटसको आयोजनामा शनिबार हुने १३औं काठमाडाैं म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले शनिबार हुने म्याराथनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। काठमाडाैं उपत्यकालाई म्याराथनमार्फत विश्वमा चर्चित बनाउने र खेल पर्यटनबाट आर्थिक समृद्धिमा सहयोग पु-याउने उद्देश्यले सुरु गरिएको काठमाडाैं म्याराथन १३औं संस्करणसम्म आइपुगेको छ।

डिसेम्बर महिना पर्यटनका हिसाबले अफ सिजनको रूपमा लिइन्छ। अफ सिजनमा पनि नेपालमा पर्यटक भिœयाउने तथा सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको अवस्थामा त्यसलाई पनि टेवा पुग्ने उद्देश्यले यस वर्ष डिसेम्बर महिनामा म्याराथन आयोजना गर्न लागिएको आयोजक संस्थाकी कार्यकारी निर्देशक बाग्मती राईले जानकारी गराइन्।

१२औं संस्करणसम्म सफलतापूर्वक सम्पन्न गर्दै गर्दा कुनै पनि सरकारी निकाय र उपत्यकाका स्थानीय सरकारले अपनत्व नदिएकोमा यस वर्ष प्रदेश नं. ३ सरकारले यसको जिम्मेवारीका साथ अपनत्व ग्रहण गरेको र काठमाडांै महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा ठिमी र भक्तपुर नगरपालिकाले त्यसमा चासो दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग पु¥याउने प्रतिबद्धता लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

म्याराथन प्रतियोगिताका दौरान महिला तथा पुरुष म्याराथन तथा हाफ म्यारथन, कर्पोरेट रिले, ५ किमी खुला दौड, ५ किमी छात्र तथा छात्रा दौड र ३ किमी ह्विलचियर दौड रहेको छ। यस पटक पहिलो पटक युवाहरूलाई लक्षित गर्दै फेमिली रन पनि समावेश गरिएको छ।

नेपालमा नै पहिलो पटक टाइम चिप्सलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएका छन्। समृद्ध नेपालको उच्च नारा लिएर हिँडेको सरकारले यस म्याराथनलाई प्रदेश ३ सरकारले अपनत्व ग्रहण गरेको म्याराथनका माध्ययमले नेपाललाई विश्व मञ्चमा पहिचान गराउँदै खेल पर्यटनमार्फत आर्थिक समृद्धिमा समेत टेवा पु¥याउन सहज हुने प्रदेश ३ का पर्यटनमन्त्री अरुण नेपालले पत्रकार सम्मेलनमा जाकारी गराए।

विश्वका विभिन्न चर्चित र सफल म्याराथनजस्तै यस म्याराथनमा पनि अधिकभन्दा अधिक विदेशी खेलाडीहरूलाई सहभागी गराउँदै सोही स्तरमा पु-याउने उद्देश्यले विभिन्न देशमा प्रचारप्रसार गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। म्याराथन, हाफ म्याराथन तथा ५ किमी दौडका लागि ५ हजार खेलाडी अपेक्षा गरिएको र हालसम्म ५० विदेशी खेलाडीले नाम दर्ता गरिसकेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक राईले जानकारी गराइन्। म्याराथनलाई प्रदेश ३ सरकार र काठमाडाैं महानगरपालिकाले ५/५ लाख तथा भक्तपुर नगरपालिकाले १ लाख सहयोग गर्ने जनाइएको छ।

प्रकाशित: ४ पुस २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App