१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शीतलहरका कारण विद्यालय बन्द

कैलाली- सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहर चलेसँगै स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेका छन्। बिहीबार मात्रै धनगढी उप–महानगरपालिकाले दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि नगरभित्रका संस्थागत तथा निजी शैक्षिक संस्था दुई दिनका लागि बन्द गरेको छ।

नेपाल शिक्षक महासंघ, प्याब्सन र एन–प्याब्सनसँगको छलफलपछि धनगढी उप–महानगरपालिकाले बिहीबार र शुक्रबार गरी दुई दिन माध्यमिक तहसम्मका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जनाएको छ।

शनिबार पुनः छलफल गरी मौसमी अवस्था अनुसार अर्को निर्णय गरिने धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सूचना जारी गर्दै विद्यालय बन्द गरिएको बताएका छन्। सूचनामा हिउँदे र बर्खे बिदाबाट बिदा मिलान हुनेगरी दुई दिन विद्यालय बन्द गरिएको बताइएको छ।

 

प्रकाशित: ३ पुस २०७६ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App