१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नौ हजार किलोमिटर सडकको खाल्डाखुल्डी पुर्दै

फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री केपीशर्मा ओलीले काठमाडौं उपत्यकासहित देशभरको राजमार्गर सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएसँगै सडक विभागले मर्मतसम्भारलाई तीव्रता दिएको छ। प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गरेसँगै मुलुकभरकै सडक कालोपत्रे गर्न निर्देशन दिएका थिए। सडक विभागका महानिर्देशक केशव शर्माले सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भारको काम तीव्र गतिमा भइरहेको बताए।

‘प्रधानमन्त्रीले सडकका खाल्डाखुल्डी पुर्ने निर्देशन दिएसँगै तीव्र गतिमा काम भइरहेको छ,’ उनले भने। उनका अनुसार प्रधानमन्त्रीले तीन महिनाको काम एक महिनाभित्रै गर्न निर्देशन दिएका छन्। ‘त्यसैले सबै स्रोत–साधन प्रयोग गरेर सडक मर्मतसम्भारको काम अघि बढाएका छौं,’ उनले भने। विभागले अहिले नौ हजार किलोमिटरसडकको खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भारको काम गरिरहेको छ। सडक मर्मतसम्भारको लागि दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

महानिर्देशक शर्माले काठमाडौं उपत्यका र राजमार्गका सडक मर्मतसम्भारले गति लिएको दाबी गरे।‘अहिले द्रुत गतिमा काम भइरहेको छ,’ उनले भने,‘सकेसम्म छिटो सक्ने गरी काम गरिरहेका छौं।’महानिर्देशक शर्माले माघभित्रै सडकका खाल्डाखुल्डी पुर्ने योजना रहेको बताए।

गौशाला–चाबहिल सडकको लिकेज अब अन्त्य हुने
गौशला चाबहिल सडक खण्डमा खानेपानी लिकेज हुने समस्या अब अन्त्य हुने भएको छ।  सडक डिभिजन कार्यालय काठमाडौंले गौशला–चाबहिल सडकखण्डको लिकेज अन्त्य र सडक कालोपत्रे गर्ननयाँ ठेक्का सम्झौता गरेको छ। सडक विभागका महानिर्देशक शर्माले गौशला–चाबहिल सडक मर्मतसम्भारले नटिक्ने भएकाले दीर्घकालीन समाधान गर्न लागेको बताए।‘गौशाला–चाबहिल सडक मर्मतसम्भार गरेर टिक्दै टिक्दैन,’ उनले भने,‘सडक विभागले दीर्घकालीन समाधानको लागि खानेपानीको लिकेज र सडक व्यवस्थापनको लागि ठेक्का सम्झौता गरिसकेको छ।’

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाशबाबु श्रेष्ठले गौशाला–चाबहिल सडक खण्ड कालोपत्रे र खानेपानीको चुहावट नियन्त्रणको लागि सोमबार २१ करोडको ठेक्का सम्झौता भएको बताए। प्रमुख श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको बताए। ‘यो सडकमा खानेपानीको लिकेज अत्यधिक भएकाले सडक लामो समय नटिकेको हो,’ उनले भने,‘अब खानेपानीको पाइप र सडक दुवै एकपटक निर्माण गरेपछि त्यो समस्या अन्त्य हुनेछ।’

प्रमुख श्रेष्ठले दिउँसोको समयमा अत्यधिक सवारीचाप हुने भएकाले बेलुकामात्रै सडक कालोपत्रे गर्ने बताए। ‘दिनको समयमा अत्यधिक सवारी चाप हुने गर्छ,’ उनले भने,‘पाइप राख्ने र पिचको काम रातको समयमा गर्ने तालिका बनाएका छौंं।’

सरकारले चालु आवको चार महिनामा तीन सय १६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकोमा दुई सय ७७किलोमिटर कालोपत्रे गरेको छ।सरकारले चालु आर्थिक वर्षमा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ।गत वर्ष ०७५/७६ मामुलुकभर नौ सय १५ किलोमिटर सडक कालोपत्रे गरेको थियो।

संघीय सरकारले आर्थिक वर्ष ०७५/७६ माचार सय नौ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ। त्यसैगरी, नौ सय ७१ किलोमिटर कच्ची सडक विस्तार गरेको भौतिक पूर्वाधार तथायातायात मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष ०७४/७५ मामुलुकभर नौ सय चार किलोमिटर सडक कालोपत्र भएको थियो।

प्रकाशित: ३ पुस २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App