१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

म्याग्दीमा टेलिकमको ‘फाइवर टु दि होम’ सेवा सुरु

म्याग्दी– नेपाल टेलिकम म्याग्दीले फाइबर टु द होम सेवा सुुरु गरेको छ।

बुधबार बेनी नगरपालिका–९, गलेश्वर बजारमा आयोजित एक कार्यक्रममा टेलिकमले भ्वाइस तथा डाटाका लागि प्रयोग गर्दै आइरहेको तामाको तार (कपर) प्रविधिलाई पूर्ण रूपमा हटाएर फाइबर प्रविधिबाट सेवा शुभारम्भ गरेको हो।

गलेश्वर मन्दिरमा रहेको टेलिकमको कन्ट्रोल रूममा नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले कपर प्रविधिलाई हटाएर फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवाको सुरुवात गरेका थिए।

‘पुरानो नम्बरमा नयाँ प्रविधिको सेवाको नेपालमै पहिलोपटक यहाँबाट सुरु भएको छ,‘अन्य जिल्लामा नयाँ प्रयोगकर्तालाई मात्रै सेवा दिइरहेका छौ’ शर्माले भने। उनका अनुसार पुरानो नम्बर प्रयोग गरी भ्वाइस र इन्टरनेट प्रयोगकर्तालाई एफटीटीएच प्रविधिको सेवा उपलब्ध गराइएको बताए।

उनले बागलुङ लगाएतका जिल्लामा नयाँ प्रयोगकर्तालाई तत्काल जडान गर्न सकिने भएपनि पुराना सेवाग्राहीलाई सेवा दिन नसकिएको अवस्थामा म्याग्दीबाट यो प्रविधिको सफल परीक्षण भएको बताए।

जिल्लाको प्रसिद्ध धार्मिकस्थल गलेश्वर बजारमा रहेका ६९ प्रयोगकर्तामध्ये बुधबारदेखि ६४ जनाले एफटीटीएच प्रविधिको सेवाको प्रयोग गरेको बताउँदै केहीदिनभित्र सदरमुकाम बेनीमा रहेका १ हजार २१६ ग्राहकले सेवा प्रयोग गर्ने बताए। फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवासँगै निकट भविष्यमा भिडियो अर्थात टिभी सेवा समेत सुरु गर्ने टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताए।

प्रकाशित: २ पुस २०७६ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App