१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बास्केटबल खेलाडी सम्मानित

काठमाडौं – भंगालस्थित भ्याली पब्लिक स्कुलले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्वविद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन्। फुल कोर्टमा सहभागी प्रतीक्षा मगर तथा थ्री बाइ थ्रीमा सहभागी सोनी वाइबा र मीना गुरुङ सम्मानित भए। महिलाको फुल कोर्टमा नेपाल दोस्रो तथा थ्री बाइ थ्रीमा तेस्रो भएको थियो। उनीहरूलाई जनही ८ हजार १ सय ५५ रुपैयाँ प्रदान गरियो।

भ्याली पब्लिकका व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी र को–फाउन्डर सुनीता अधिकारीलगायतले उनीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरे। सोही अवसरमा पावर लिफ्टिङका च्याम्पियन अनुप कार्कीलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: २ पुस २०७६ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App