१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सागका बक्सिङ स्वर्ण विजेता पुरस्कृत

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन्। स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भूपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए। स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे। खेलाडीलाई अवाले जनही १ लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार प्रदान गरे।

सोही अवसरमा चीनको जिङयाङमा हुने एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पनि बिदाइ गरियो। डिसेम्बर २० र २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन्। टोली बुधबार चीन जाँदै छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र अध्यक्ष अवालेलगायतले खेलाडीलाई पुरस्कृत गर्नुका साथै बिदाइ गरे।

 

प्रकाशित: २ पुस २०७६ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App