१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

परीक्षाफल प्रकाशित

काठमाडौँ– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाका मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ५३३०२६९, ५३३०३२३, ५३३०३४६, ५३७०४४६ र ५३७१११६ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np/www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस

प्रकाशित: १ पुस २०७३ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App