१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युत उत्पादन घट्न थाल्यो

लमजुङ- मस्र्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन घटेको छ।

बेँसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ। आयोजनामा ३५÷३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन्। आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत उत्पादन घट्न थालेको र अझै विद्युत उत्पादन घट्ने क्रममै रहेको छ। ”

सन् २००८ मा २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भएको थियो। यसैगरीे ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ। मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिब १६ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको  थियो।

त्यस्तै पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ। मध्यमस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

प्रकाशित: १ पुस २०७६ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App