१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोइला बालेर सुतेका आमाछोराको मृत्यु

काठमाण्डौ – कोठा तातो बनाउन कोइला बालेर सुतेका आमाछोराको ज्यान गएको छ। कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै डेरा गरी बस्ने शर्मिला रञ्जितकार र उनको दुई महिनाको छोराको ज्यान गएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी क्षदिलाल कामतीले जानकारी दिए।

उनकाअनुसार साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए। श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अक्सिजन अभावका कारणका उनीहरूको ज्यान गएको हुनसक्ने कामतीको भनाइ छ। नागढुंगा स्थायी घर भएका नवराजले पेन्टिङको काम गर्दै आएका थिए।

प्रकाशित: ३० मंसिर २०७६ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App