१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिस वर्ल्डकाे ताज टोनीलाई, अनुष्काले जितिन् ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड

लन्डन – यसवर्षको मिस वर्ल्डको ताज जमैकाकी टोनी एन सिंहले जितेकी छन्। शनिबार लन्डनको एक्सेलमा आयोजित मिस वल्र्ड २०१९ को फाइनलमा गत वर्षकी मिस वर्ल्ड भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराइ दिएकी थिइन्। प्रतियोगितामा एक सय १० देशकी प्रतियोगीहरुलाई पछि पार्दै फ्लोरिडा स्टेट विश्वविद्यालयबाट महिला अध्ययन र मनोविज्ञान अध्ययन पूरा गरेकी २३ वर्षीय टोनीले मिस वल्र्डको ताज जितेकी थिइन्। जमैकाबाट मिस वल्र्डको उपाधी जित्ने उनी चौथौं सुन्दरी हुन्। प्रतियोगितामा उनले मिस ट्यालेन्टको उपाधी समेत जितेकी थिइन्।

‘सेन्ट थोमस, जमैका र संसारभरकी सबैलाई केटी र युवतीहरूका आफूमा विश्वास गर्न आग्रह गर्दछु। हामी आफ्नो सपना पूरा गर्न सक्षम र योग्य छौं। यो ताज मेरोमात्र होइन तपाईको पनि हो। कारण तपाईसँग उद्देश्य छ,’ मिस वल्र्ड टोनीले ट्वीट गरेकी छन्।

प्रतियोगितामा एक सय १० देशकी प्रतियोगीहरुलाई पछि पार्दै फ्लोरिडा स्टेट विश्वविद्यालयबाट महिला अध्ययन र मनोविज्ञान अध्ययन पूरा गरेकी २३ वर्षीय टोनीले मिस वल्र्डको ताज जितेकी थिइन्। जमैकाबाट मिस वल्र्डको उपाधी जित्ने उनी चौथौं सुन्दरी हुन्।

यसअघि उनले बेलायती टेलिभिजन पत्रकार पियर्स मोर्गनसँग कुराकानी गर्दै महिलाले संसार परिवर्तनमा योगदान दिइरहेको बताइन्। ‘म संसार परिवर्तन गर्न लागिपरेको महिलाको त्यो पुस्ताको प्रतिनिधित्व गरेकी छु,’ उनले भनिन्। ६९ औं संस्करणको मिस वल्र्ड प्रतियोगितामा मिस फ्रान्स ओफेली मेजिनो फस्ट रनर अप र भारतकी सुमन रावले सेकेन्ड रनर अप घोषित भएका थिए। प्रतियोगिताको टप ५ मा नाइजेरिया, ब्राजिल, इन्डिया, जमैका र फ्रान्स पुगेका थिए।

प्रतियोगितामा कन्टिनेन्टल विजेताअन्तर्गत अफ्रिकाबाट मिस नाइजेरिया, अमेरिकाजबाट मिस ब्राजिल, एसियाबाट मिस इन्डिया, क्यारिबियनबाट मिस ट्रिनिडाड एन्ड टोबागो, युरोपबाट मिस फ्रान्स र ओसिनियाबाट मिस कुक आइल्यान्ड्सले उपाधि जितेका थिए। प्रतियोगिताको टप १२ मा कुक आइल्यान्ड्स, केन्या, मेक्सिको, नेपाल, फिलिपिन्स, रसिया र भियतनाम पुगेका थिए।

अनुष्काले जितिन् ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड

 मिस नेपाल अनुष्का श्रेष्ठ मिस वल्र्ड २०१९ को टप १२ मा पुगेकी छन्। प्रतियोगितामा उनले ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।

प्रतियोगिताको टप १२ मा नेपालसहित केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, इण्डिया, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रसिया र कुक आइल्यान्ड्सका प्रतियोगीहरु परेका थिए। सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी पोस्ट गर्दै उनले भनेकी छन्, ‘यो हाम्रो जित हो। मिस वल्र्डको मुटु ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेर नेपालको फर्कन उत्साहित छु। यसले मैले सञ्जालन गर्न लागेको प्रोजेक्टलाई हौसला मिलेको छ।’

उनले हेलम्बुको सोस्लिङ गाउँमा ग्रामीण विकास र सशक्तीकरणको निम्ति एक सय ४० घर–परिवारको शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरणको काम सञ्चालन गरिरहेकी छन्। सो सम्बन्धी भिडियो मिस वल्र्डको फाइनलमा देखाइएको थियो। यसअघि उनी मिस वल्र्डअन्तर्गतको ‘हेड टु हेड’ च्यालेन्जको समूह विजेता हुँदै टप ४० मा परेकी थिइन्। उनीसहित भारत, मेक्सिको, गायना, मोल्डोभा, नाइजेरिया, पाराग्बे, फिलिपिन्स, ट्रिनिडाड र भेनेजुएलाको प्रतियोगीहरु समूह विजेता घोषित हुँदै टप ४० मा छनोट भएका थिए। त्यस्तै मिस वल्र्डको मुख्य विधा ‘ब्युटी विथ प्रपोज’ को उत्कृष्ट १० मा उनीसहित फ्रान्स, भारत, इन्डोनेसिया, मलेसिया, मंगोलिया, नाइजेरिया, ट्युनेसिया, भेनेजुएला र भियतनामका प्रतियोगी छनोट भएका थिए।

मिस नेपालको आयोजक द हिडन टे«जरका प्रमुख गोपालसुन्दरलाल कक्षपतिका अनुसार मिस वल्र्डमा नेपालको यो अहिलेसम्मको उत्कृष्ट सहभागिता हो। ‘मिस नेपालको आयोजक हामीले हरेक वर्ष नयाँ कुरा सिक्ने अवसर पाइरहेका छौं। हाम्रो सिकाई र अनुभवले मिस नेपाललाई मिस वल्र्डको टप १२ सम्म पु¥याएका छौं। अब मिस वल्र्डको ताज हामीबाट टाढा छैन्,’ उनले भने।

प्रकाशित: ३० मंसिर २०७६ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App