१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाल्पामा दुईदिने आमहडताल, जनजीवन प्रभावित

पाल्पा- आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन्। 

पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको छ। मङ्सिर १४ देखि २५ गतेसम्मको बन्दले जनजीवन कष्टकर बनेपछि बन्द फिर्ता लिएका थिए। 

पाल्पा जिल्लालाई तराईबाट अगल गरी प्रदेश नम्बर ४ मा राख्ने सरकारको प्रस्तावप्रति पाल्पाका नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा माले, राप्रपा, जनमोर्चा नेपाललगायतका दल तथा पाल्पा उद्योग वाणिज्यसहितका सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन्। 

नेकमा (एमाले) पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार सरकारले ५ नं प्रदेश विभाजन गर्ने प्रस्ताव फिर्ता नलिँदासम्म आन्दोलनका कार्यक्रम जारी रहनेछ । आन्दोलनकारीले बिहीबार साँझ पाल्पा जिल्ला सदरमुकाम तानसेनसहितका स्थानमा ५ नम्बर प्रदेश विभाजन गर्न नहुने भन्ने नारा लगाउँदै मसाल जुलुस निकालेका थिए। रासस 

प्रकाशित: १ पुस २०७३ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App