१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिन्चोक दुर्घटना: दुई जना आदर्श आजादका विद्यार्थी

भक्तपुर- कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडेनजिक भएको दुर्घटनामा भक्तपुरको एउटा स्कुलका दुई जना विद्यार्थी परेका छन्। भक्तपुरको आदर्श आजाद माविका दुई जना आफ्ना विद्यार्थी परेको स्कुलका प्रिन्सिपल श्रीकृष्ण किसीले जनाए।

उनका अनुसार कक्षा नौ ए मा अध्ययनरत सागर तामाङ र अन्जना तामाङ रहेको कलेजका प्रिन्सिपल किसीले जनाए। ‘दुवै विद्यार्थी घाइते भएको खबर आएको छ, प्रिन्सिपल किसीले नागरिक अनलाइनसँंग भने,‘हाम्रा दुई विद्यार्थी मात्रै होइन, सबैजना सकुसल होस भनी हामी भगवानसँंग प्रार्थना गर्दछौं।’ उनका अनुसार दुई जनामध्ये सागरसँंग बिहान टेलिफोनमा सम्पर्क भएको थियो। सम्पर्क हुँंदा अर्का विद्यार्थी अन्जना बेहोस नै थिइन्।

दुर्घटनामा परेका अधिकांश घाइतेहरु पनि भक्तपुर आदर्श आसपासकै रहेको जनाइएको छ। शनिबार बिहान तीन बजे आदर्श चोकमा भेला भई कालिन्चोक गएको स्थानीयले जनाएका छन्। ३२ जनाको संख्यामा स्थानीय गलैचालगायतका कारखानाहरुमा काम गर्ने मानिस तीर्थयात्रामा गएको स्थानीयले बताए।

बा ४ ख ४४६८ नम्वरको गाडी रिजर्भ गरी शनिबार बिहान कान्लिान्चोक दर्शन गरी फर्केको गाडी आइतबार बिहान फर्कने क्रममा दुर्घटना भएको थियो।

प्रकाशित: २९ मंसिर २०७६ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App