१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौको अध्यक्षमा सञ्ज्याल

काठमाडौं - विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी) क्याम्पस जिल्ला समिति काठमाडौको  अध्यक्षमा तारा सञ्याल चयन भएकी छन्। काठमाडौंमा सम्पन्न २५औं जिल्ला सम्मेलनले सञ्ज्याललाई  अध्यक्षको जिम्मेवारी दिएको हो। २५ सदस्यीय कमिटिको उपाध्यक्षमा  खगेन्द्र,सचिवमा बुद्ध, सह सचिवमा  गगन र कोषाध्यक्षको जिम्मेवारी बिक्रमलाई दिइएको संयोजक सञ्ज्यालले जानकारी दिइन्।

सरकारी प्रतिबन्धका बावजुद पनि २५ औं जिल्ला सम्मेलन काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको क्रान्तिकारीले जनाएको छ। सरकारले माउ पार्टी नेकपालाई मात्रै प्रतिबन्ध लगाएको भए पनि निकटको विद्यार्थी संगठनका नेताहरुलाई समेत गिरफ्तार गर्दै आएको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App