१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङको भूमेस्थानमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु

धादिङ- पृथ्वी राजमार्गअर्न्तगत धादिङको भूमेस्थान-६ कोइरालेमा स्कार्पियो जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। पश्चिमबाट काठमाडौँ आउँदै गरेको ग२च ४५७२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको हो।

दुर्घटनामा परी चालकसहित एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृत्यु भएकामध्ये चालक लमजुङ घर भएका माधव धिताल छन्। अन्य दुई जनाको सनाखत भएको छैन।

प्रकाशित: १ पुस २०७३ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App