१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियाले फलोअनको निर्णय गरेन

पर्थ – पहिलो इनिङमा फराकिलो अग्रताको बावजुद घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा शनिबार तेस्रो दिन फलोअनको निर्णय गरेन। पर्थमा जारी टेस्टमा घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय १६ रन बनाएको थियो। न्युजिल्यान्ड भने पहिलो इनिङमा १ सय ६६ रनमा अलआउट भएपछि अस्ट्रेलियालाई फलोअन दिन अवसर बनेको थियो। अस्ट्रेलियाका मिचेल स्टार्क एक्लैले पाँच विकेट लिँदै न्युजिल्यान्डको पहिलो इनिङ सस्तैमा समेटेका थिए। अस्ट्रेलियाले तेस्रो दिनको लन्चअगाडि नै आफ्नो दोस्रो इनिङ सुरु गरेका थियो।

डेविड वार्नर एक रन र जोए बर्नले खाता खोलेका थिएनन्। पहिलो इनिङको समाप्तिमा  पाहुना टोली २ सय ५० रनले पछाडि रह्यो। तर, अत्यधिक तापक्रमसँगै तीव्र गतिका बलर जोश ह्याजलवुडबिनाको अस्ट्रेलियाले फलोअन दिएन। स्टार्कले पाँच विकेट लिन ५२ रन खर्चिंदा न्युजिल्यान्डका ब्याट्सम्यानलाई लामो समयमा टिक्न दिएनन्। न्युजिल्यान्डका लागि रोस टेलरले पनि इनिङ सम्हाल्ने प्रयास गरे।

तर, टेलर ८० रनमा नाथन लायनको बलमा स्टिभ स्मिथद्वारा स्लिपमा क्याच भए। स्मीथले तीन क्याच लिएका थिए। त्यसअघि स्मिथले केन विलियम्सनको क्याच लिएका थिए। विलियम्सनले आउट हुनुअघि ३४ र बनाउँदा तेस्रो विकेटका लागि टेलरसँग ७६ रनको साझेदारी गरे। उनले तेस्रो क्याच कोलिन डी ग्रान्डहोमको लिए। स्टार्कको व्यक्तिगत पाँचौं विकेटका रूपमा ग्रान्डहोम २३ रनमै पवेलियन फर्किए।

दोस्रो इनिङमा तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलिया ६ विकेटको क्षतिमा १ सय ६७ रनको स्थितिमा छ। त्यससँगै अस्ट्रलियाले ४ सय १७ रनको अग्रता लिएको छ। अस्ट्रेलियाका प्याट कमिन्सले १ रन र म्याथ्यु हेडले ८ रनबाट आइतबार चौथो दिनको खेल सुरु गर्नेछन्। अस्ट्रेलिया एक समय १ सय ३१ रनमा एक विकेटको क्षतिको स्थितिमा थियो। मार्नस लाबुसचेनले ५० रन र जोयर बर्नले ५३ रन बनाएका थिए।

तर, दोस्रो विकेटका लागि साझेदारी तोडिएसँगै अस्ट्रेलियाको पतन भएको थियो। अस्ट्रेलियाले पाँच विकेट गुमाउँदा २८ रन मात्र जोड्यो। न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए। यद्यपि, अस्ट्रेलियाका जोय बन्र्सले अभैm पनि आफ्नो टोली बलियो स्थितिमा रहेको बताएका छन्। ‘केही विकेटमा दुःखी पक्कै भयौं,’ बन्र्सले भने, ‘तर अझै पनि हामी बलियो स्थितिमा छौं। त्यसैले खुसी हुनुपर्ने अवस्था छ।’स्ट्रेलियाका मिचेल स्टार्क एक्लैले पाँच विकेट लिँदै न्युजिल्यान्डको पहिलो इनिङ सस्तैमा समेटेका थिए।

प्रकाशित: २९ मंसिर २०७६ ०३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App