घ्याम्पेडाँडामा जिपलाइन शिलान्यास

आइतबार, २९ मङि्सर २०७६, ०७ : ५७ नागरिक

भक्तपुर – सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जिपलाइनको शिलान्यास गरिएको छ। सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जिपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास गरेका थिए। घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट सुरु हुने जिपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो। रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन सुरु गर्न लागिएको हो।

सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभरा, गोसाइँकुण्ड र अन्नपूर्ण आधारशिविर गएजस्तै अनुभव हुने बताए। ‘यहाँको पदयात्रामा चितुवा, मृग, बँदेल, खरायो, कालिजलगायतका जंगली जनावर र पशुपक्षीको अवलोकन गर्न सकिन्छ,’ बस्नेतले भने, ‘एक हजार सात सय ४१ मिटरको उचाइमा पर्ने यस क्षेत्रबाट १७ हिमशृंखला र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ, त्यसैले अब घ्याम्पेडाँडा रानीकोट क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्छ।’

काठमाडौँबाट १९ किलोमिटरको दूरीमा पर्ने यस स्थानमा सूर्यविनायकबाट सात किलोमिटरको बाटो पाँच करोड रुपैयाँ लगानीमा कालोपत्र भइसकेको चर्चा गर्दै उनले यहाँको तामाङ बस्तीको कला, संस्कृति र रहनसहनले अझ मनमोहक बनाउने दाबी गरे। सांसद बस्नेतले भने, ‘हामी ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर, अनन्तलिंगेश्वर हुँदै घ्याम्पेडाँडा रानीकोटसम्म करीब १३ किलोमिटर सडक विस्तार गर्दैछौँ, यसका लागि ४० करोड रुपैयाँको बोलपत्र भइसकेको छ, रानीकोटबाट काभ्रेको कुशादेवी जाने सडक पनि काभ्रेले बनाउँदैछ, यसले यहाँको विकासमा थप मुहार फेर्नेछ।’

उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउन र यस क्षेत्रमा पर्यटकको आवागमन बढाउन पदमार्गसहित, प्याराग्लाइडिङ, बञ्जीजम्प, काक्राबारी इकोभिलेज, घरवाससमेतको योजना अगाडि बढाएर काम सरु भइसकेको बताए। जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, समितिका सञ्चालक यादव राईलगायतले घ्याम्पेडाँडा र रानीकोटको पर्यटन विकासमा सबै क्षेत्रबाट सहयोग र समन्वय हुने बताए।

शिलान्यास कार्यक्रममा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको पाँच करोडको लागतमा सुरु गरिने जिपलाइन तीन महिनापछि सञ्चालनमा आउने बताए। समितिका अर्का सञ्चालक विज्ञान राईले उपत्यकामै पहिलोपटक सञ्चालन गर्न लागेको जिपलाइन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने र यसले पर्यटन वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad