१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बर्षाले धान खरिद स्थगित

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगन्जको परिसरमा राखिएको धान। तस्बिर:नागरिक

नेपालगन्ज- बर्षाले नेपालगन्जमा धान खरिदको काम रोकिएको छ। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड नेपालगन्जले मंसिर पहिलो सातादेखि कारकाँदोस्थित अञ्चल कार्यालय परिसरमा धान खरिदको काम सुरु गरेको थियो। शुक्रबार परेको बर्षाले कार्यालय परिसर हिलाम्य भएपछि खरिदको काम बन्द गरिएको कम्पनीका अञ्चल प्रमुख भरत खनियाले जानकारी दिए।

‘चउरभरी पानी जमेर टेक्नै नमिल्ने हिलो भएको छ, त्यसकारण धान तौलाईको काम बन्द गरेका छौं,’ उनले भने। कम्पनीले यसवर्ष ३५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा बिहीबार बेलुकासम्म २४ हजार ४ सय क्वीन्टल खरिद गरिएको जनाएको छ। कम्पनीले खरिद गरेको धान खुल्ला चउरमै राखेको छ। बर्षाले खरिद गरेको धानमा क्षति नगरेको अञ्चल प्रमुख खनियाले बताए। ‘हामीले ६ ईन्च उचाईको प्यालेसमा धानको बोरा राखेर त्यसमाथि त्रिपालले ढाकेका छौं, त्यसैले चउरमा धान राखेपनि बर्षाले क्षति गरेको छैन,’ उनले भने।

धान तौलन कम्पनी परिसरमा ल्याएको केही किसानको धानमा भने बर्षाले क्षति पु¥याएको बताइएको छ। बिक्री गर्न ल्याएको धानलाई बर्षाले भिजाएपछि कतिपय किसान निराश बनेका छन्। कम्पनीले धानको गुणस्तरमा विशेष ध्यान दिइएको भन्दै भिजेको धान खरिद गर्न नसकिने जनाएको छ।

कम्पनीले किसानसँग फ्रेस मोटा धान प्रति क्वीन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र फ्रेस मध्यम धानप्रति क्वीन्टल २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसामा खरिद गरिरहेको छ। गतवर्ष भन्दा यसपटक १० प्रतिशतले धानको मूल्य बढाइएको कम्पनीको दाबी छ। कम्पनीले हरेक दिन बिहान ९ बजेदेखि राति १० बजेसम्म धान तौलाई सञ्चालन गर्दै आएको थियो।

चउरमा जमेको हिलो नसुक्दासम्म धान खरिदको काम सुरु नहुने अञ्चल प्रमुख खनियाले बताए। धान बिक्री गर्न बाँकेका विभिन्न स्थानबाट किसानहरु आउने गरेका छन्। समयमा पालो नपाउँदा निकै सास्ती बेहोर्नु परेको किसानको गुनासो छ।
 

प्रकाशित: २८ मंसिर २०७६ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App