१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयको स्वर्ण जयन्तीमा ५० बत्ती बालिए

जालपा आधारभूत विद्यालय पाथेकाको स्वर्ण जयन्तीमा दिप प्रज्वलन गर्दै मेयर दिपनारायण रिजाल। तस्बिर: नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुबासले स्वर्ण जयन्ती मनाएको छ। स्थापना भएको ५० वर्ष पुगेको अवसरमा विद्यालयले तीन दिनसम्म विभिन्न कार्यक्रम गर्दै स्वर्ण जयन्ती मनाएको हो।

गाउँघरमा अन्न तथा मकैको झुत्ता संकलन गरेर २०२७ साल मंसिर २७ गते स्थापना गरिएको विद्यालयको स्वर्ण जयन्तीको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले ५० वटा दिप प्रज्वलन गरेका छन्।

तीन दिने स्वर्ण जयन्ती समापनको अवसरमा शुक्रबार नगरपालिकाले विद्यालयलाई एक थान कम्प्यूटर, एक थान कलर प्रिन्टर, भलिबल, चेस, लुँडो लगायतका खेल सामग्री तथा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। मेयर रिजालले लामो समयदेखि चन्दा उठाएर तीन जना निजि शिक्षक नियुक्त गरेको विद्यालयलाई नगरपालिकाकातर्फबाट दरबन्दीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्।

समापन कार्यक्रममा चन्दादाता तथा विभिन्न प्रतियोगीताका बिजेता छात्र/छात्रालाई पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा शिक्षक, बुद्धिजिवी, समाजसेवी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित: २८ मंसिर २०७६ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App