१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेना चढेको बस दुर्घटना, तीस घाइते

कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।

ना ६ ख ४०४ नम्बरको बस आफैं अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। बसमा ४० नेपाली सेना थिए। दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७६ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App