१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

शब्दको अर्थ होइन, शब्दको जीवनी लेखिने

अनालिसा कुइन

जर्मनीका अध्येताहरूले सन् १८९० को दशकमा नयाँ ल्याटिन शब्दकोश बनाउने काम थाल्दा उनीहरूले सोचेका थिए– १५ देखि २० वर्षसम्म यो काम सजिलै सकिनेछ। तर, यो महायज्ञ यति सजिलै कसरी सकिन्थ्यो र थिसरस लिङ्ग्वा ल्याटिना (टिएलएल) अर्थात् ल्याटिन शब्दकोश लेख्न थालेको १२५ वर्ष भयो। योबीचमा युरोपमा एउटा साम्राज्यको पतन भयो, संसारले दुई विश्वयुद्ध झेलिसकेको छ। जर्मनी विभाजित भयो, एकीकरण पनि भयो। तर, शब्दकोश भने बल्ल ‘आर’ अक्षरका शब्दहरूमा पुगेको छ।

लगातार मेहनत नगर्दा वा काम रोकिएकाले शब्दकोश लेख्न यति सुस्त भएको होइन। अधिकांश शब्दकोशले सामान्यतः कुनै पनि शब्दको व्यापक रूपमा प्रयोग हुने अर्थ वा हालसालै प्रयोग भइरहेको अर्थलाई जोड दिने गरेको हुन्छ। तर, यो शब्दकोशको फरक विशेषता छ। कुनै ल्याटिन शब्दको अर्थ प्राचीन ल्याटिन शिलालेखदेखि इसापूर्व छैटौं शताब्दी हु“दै ६०० ईस्वी संवत् कसरी कुन अर्थमा प्रयोग भएको छ भन्ने खोजी सम्भव भएसम्म हरतरहबाट गरिएको छ। शब्दकोशका संस्थापक इडुआर्ड उल्फिनले यो शब्दकोशमा शब्दको अर्थभन्दा शब्दको जीवनी लेखिने बताएका थिए। उल्फिनको सन् १९०८ मा निधन भयो।

शब्दकोशमा ‘ए’ अक्षरबाट सुरु हुने पहिलो शब्द सन् १९०० मा प्रकाशित भएको थियो। शब्दकोशको अन्तिम शब्द जिथम हुनेछ। जिथम एउटा इजिप्टेली भालु हो। यो शब्द सन् २०५० मा शब्दकोशमा समावेश हुनेछ। हिमनदीको जस्तो सुस्त गतिमा अघि बढेको यो निकै कष्टप्रद परियोजनाअन्तर्गत हालसम्म मसिना अक्षरमा लेखिएका बाक्लो आकारमा १८ खण्ड तयार भइसकेको छ। झन्डै चार सय विद्वान्–विदुषीको दिनरातको मेहनतले शब्दकोश बनाउने काम यहा“ पुगेको हो। आरम्भिक कालमा अहोरात्र यसमा जीवन लगाउने अधिकांश विद्वान् आज यो संसारमा छैनन्।

शब्दकोशमा रोमन अक्षर ‘क्यु’ र ‘एन’बाट आउने शब्दहरूलाई भने हाल थाती राखिएको छ। ती अक्षरबाट आउने शब्द निकै जटिल भएकाले अध्येताहरूले पछि काम गर्ने गरी हाललाई थाती राखेका हुन्।

थिसरस लिङ्ग्वा ल्याटिना (टिएलएल) अर्थात् ल्याटिन शब्दकोश लेख्न थालेको १२५ वर्ष भयो। योबीचमा युरोपमा एउटा साम्राज्यको पतन भयो, संसारले दुई विश्वयुद्ध झेलिसकेको छ। जर्मनी विभाजित भयो, एकीकरण पनि भयो। तर, शब्दकोश भने बल्ल ‘आर’ अक्षरका शब्दहरूमा पुगेको छ।

ऐतिहासिक ग्रन्थ अध्ययन गर्ने मानिसको संख्या धेरै छैन। तर, थोरै संख्यामा भए पनि ती मानिसका लागि अहिले बन्दै गरेको शब्दकोशको आयतन निकै विशाल छ। उनीहरूका लागि ल्याटिन शब्द कुन सन्दर्भमा कसरी प्रयोग गरिएको छ भन्ने ज्ञान साहित्यको अध्ययनका लागि मात्र सीमित छैन। बरु भाषाविज्ञान र इतिहासको अध्ययनका लागि समेत यो उपयोगी बन्नेछ।

कुनै बेला ल्याटिन भाषाको भौतिक साम्राज्य विशाल थियो। भावनात्मक फैलावट पनि त्यत्तिकै विशाल थियो। तर, आज ल्याटिन भाषा मूलतः भ्याटिकन सिटीको पर्खालभित्र मात्र सीमित छ। थोरै संख्यामा रहेका ‘जीवन्त ल्याटिन’का पक्षपातीले यो भाषालाई शिक्षणका लागि ल्याटिन भाषा बोल्न हौस्याउने गरिरहेका छन्।

संयुक्त राज्य अमेरिकामा ल्याटिन भाषाको शिक्षण सन् १९७० को दशकयता निकै ओरालो लाग्यो। तथापि हालैका दशकमा भने केही सुधार हुन थालेको छ। आज त्यहा“का दुई लाख १० हजार सार्वजनिक विद्यालयका विद्यार्थी ल्याटिन भाषा सिकिरहेका छन्। चिनिया“ भाषा सिक्दै गरेका अमेरिकी विद्यार्थीको संख्याको तुलनामा ल्याटिन सिक्दै गरेका विद्यार्थीको संख्या झिनो संख्याले कम छ। तर, स्पेनिस भाषा सिक्दै गरेका ७३ लाख विद्यार्थीभन्दा ल्याटिन भाषा सिक्ने विद्यार्थी निकै कम छन्।

शब्दकोश बनाउने परियोजनाका निर्देशक माइकल हेलन ल्याटिन भाषाप्रतिको बढ्दो उत्सुकताबाट निकै उत्साहित छन्। उनी भन्छन्, ‘हजारौं वर्षसम्म ल्याटिन भाषा युरोपको आधारभूत चलनचल्तीको भाषा थियो। त्यसकारण यो भाषा मानव इतिहासकै महत्वपूर्ण हिस्साभित्र पस्ने प्रवेशद्वार हो।’ अंग्रेजी भाषाका आधा जति शब्द प्रत्यक्ष–परोक्ष ल्याटिन भाषाबाटै आएका हुन्। अंग्रेजीमा अहिले पनि कति ल्याटिन शब्दावली जस्ताको तस्तै प्रयोग हुने गरेका छन्। जस्तै ‘क्विड प्रो क्यो’ एउटा उदाहरण हो। यसको अर्थ हुन्छ– यो त्यसका लागि हो।

कवि एवं ऐतिहासिक ग्रन्थका अध्येता एई हाउसम्यानले एउटा प्रसंगमा भनेका थिए, ‘म्युनिखको एउटा सुरुङभित्र मानिसहरूको एउटा ठूलो डफ्फा शब्दकोश निर्माणमा तल्लीन भएर लागेका छ।’ हाउसम्यानको निधन १९३६ मा भयो। त्यसयता म्युनिखको एउटा पुरानो दरबारका दुई घमाइला तलाका ¥याकहरू ल्याटिन शब्दकोशले भरिएका छन्। सोह्रजना पूर्णकालीन कर्मचारी र केही आगन्तुक कोशकार शब्दकोश बनाउने काममा तनमन दिएर लागेका छन्। कार्यालयमा एउटा पुस्तकालय पनि छ, जहा“ ईस्वी संवत् ६०० देखिका सबै अस्तित्वमा रहेका ल्याटिन पुस्तक र सामग्री छन्। साथै दश लाख उपयोगी कागजका खात छन्।

कागतका तिनै खात यो परियोजनाको मूल कच्चा पदार्थ हुन्। आजसम्म अस्तित्वमा रहेका सबै लिखित कागज त्यहा“ जम्मा गरिएका छन्। सबै कागतलाई समयक्रम मिलाएर राखिएका छन्। त्यहा“ कविता, प्रबन्ध, भर्पाई, चिकित्सकीय पुर्जी, बिल, फोहोरी जोक, भित्तेचित्र, सूचना लगायत बितेका दुई हजार वर्षमा भेटिएका सबै लिखित सामग्री जम्मा छन्।

अधिकांश ल्याटिन भाषाका विद्यार्थी दैनिक जीवनमा ल्याटिन भाषाको प्रयोग कसरी गरिन्थ्यो भन्नेतिर उति अध्ययन दिँदैनन्। उनीहरू भाषालाई उही लोपोन्मुख कोरा सिद्धान्तका रूपमा मात्र पढ्ने गर्छन्। तर, बन्दै गरेको शब्दकोशले भने भित्तेचित्र कोरेर शत्रुको अपमान गर्ने एक अज्ञात व्यक्तिको कलालाई पनि कवि वा सम्राट शब्दको अर्थ निकाल्ने बहुमूल्य सन्दर्भ स्रोतका रूपमा अध्ययन गर्दैछ।

शब्दकोश बनाउने काममा भइरहेको प्रगतिलाई नजिकबाट नियाल्दै गरेका क्याथलिन कोलेमनले त्यस्ता लिखतको अध्ययनले ‘सम्मान, सहानुभूति र समझ विकास हुने’ बताइन्। उनले शब्दकोश बनाउने अध्येताको मेहनतको बेवास्ता गर्न नसकिने बताइन्।

ल्याटिन शब्द इट (स्पेलिङः ईटी) को प्रयोगका विभिन्न तौर–तरिकाबारे मात्र झन्डै ९० हजार पाना छन्। शब्दको सम्भव भएसम्म हुने प्रयोगबारे बुझ्न अध्येताहरूले त्यसमा टिप्पणी लेख्ने गर्छन्। वैज्ञानिकहरूले सबै नमुनाबारे टिप्पणी उतार्दै क्रमिक रूपमा मिलाएजस्तै कोशकारहरूले एकै शब्दलाई अनेक किसिमले अध्ययन गर्छन्। एकै शब्दको अध्ययनका लागि पनि वर्षाैं लाग्ने गर्छ।

ल्याटिन शब्द इट को सामान्य अर्थ ‘र’ भन्ने लाग्छ। त्यसबाहेक ‘पनि’, ‘र पनि’, ‘र पछि’, ‘अनि’ भन्ने अर्थमा पनि यो शब्दको प्रयोग हुने गरेको छ। ‘हामी सबै प्रकारका लिखतको अध्ययन गर्छौं। कानुनमा त्यो शब्दको प्रयोग कसरी गरिएको छ। चिकित्सा, कविता, प्रबन्ध, इतिहास आदि सबै क्षेत्रमा त्यो शब्दको कुन कुन सन्दर्भ र अर्थमा प्रयोग गरिएको छ भन्ने विषयमा अध्ययन गर्छौं,’ शब्दकोशका एक सम्पादक मरिजके अटिन्कले भनिन्। उनले रेस (स्पेलिङ : आरइएस) शब्दको विषयमा मात्र एक दशकदेखि अध्ययन गरिरहेकी छिन्। यसको सामान्य अर्थ ‘वस्तु’ हो।

आगन्तुक अध्येताहरू कुनै निश्चित शब्दबारे बुझ्न त्यहा“ आउने गर्छन्। पुस्तकालयको ढोकाबाहिर राखिएको आगन्तुक पुस्तिकामा धमिलो अक्षरमा जोसेफ रेटजिन्गरको नाम लेखिएको छ। जोसेफलाई मानिसहरू पोप बेनेट १५औं नामले पनि चिन्छन्। उनी ‘पपुलस’ शब्दको अर्थ खोज्दै त्यहा“ पुगेका रहेछन्, जसको अर्थ हुन्छ– मानिस वा जनता।
केही शब्द भने निकै झुक्याउने खालका छन्। सम्पादक जोसिन स्चरिक्सले ल्याटिन शब्द ‘थिसारस’ माथि काम गर्न चाहेका छन्। यो शब्दको अंग्रेजी शब्दार्थ ‘ट्रेजरी’ अर्थात् खजाना हो।

अर्को त्यस्तै शब्द ‘नन’ हो। जसको अर्थ ‘होइन’ अथवा ‘छैन’ हुन्छ। यो शब्द मात्र पनि झन्डै ५० हजार पाना ऐतिहासिक दस्तावेजमा प्रयोग भएका छन्। ल्याटिन शब्दकोश निर्माताका निम्ति यो निकै जटिल विषय बनेको छ। ‘त्यत्ति बृहत् आकारमा यो शब्दलाई लिएर कसरी काम गर्ने, बुझिनसक्नु छ,’ अध्येता एडम गिटनरले भने, ‘वास्तवमा यो कुराले मलाई त अत्याएको छ।’

अंग्रेजी अक्षर ‘युटी’ क्रिया विशेषण र संयोजक शब्द हो। यो शब्दमा पनि उस्तै खालका हजार जटिलता छन्। ल्याटिन शब्दकोश बनाउन मात्र कठिन होइन, त्यसको प्रयोग गर्न उत्तिकै चुनौतीपूर्ण छ। ल्याटिन भाषामा लेखिएको यो शब्दकोश स–साना अक्षरमा छापिएको छ। तिनलाई अंक अनुसारका कोलमहरूमा मिलाइएको छ। सुरुमा रोमन अंक, त्यसपछि क्यापिटल अक्षर, अरबी अंक, अरु थप अरबी अंक, तल्लो ढा“चाका अक्षर, ग्रीक अक्षरहरू अनुसार क्रमशः वर्णानुक्रम मिलाइएको छ। ल्याटिन शब्दकोश प्रयोगमा हुने यस्तो जटिलता नै ‘विद्वता प्राप्तिका लागि प्रमुख तगारो’ बनेको अध्येताहरूको भनाइ छ। ल्याटिन शब्दकोश ल्याटिन भाषाको कसरी प्रयोग हुन्थ्यो भन्ने बुझ्ने तुलनाविहीन हतियार भएको उनीहरूको भनाइ हो।

यति बृहत् महिमा भएको यो शब्दकोशको मूल्य पनि बृहत् हुनु स्वाभाविक हो। अनलाइनमा एक वर्ष प्रयोगको शुल्क ३७९ डलर तोकिएको छ। धेरै विश्वविद्यालय यसको अनलाइन ग्राहक बनेका छन्। तर, अझ सहज पहुँचका लागि यो वर्षदेखि ल्याटिन शब्दकोशको ‘पी’ अक्षरदेखिको भाग पीडीएफ संस्करण निःशुल्क उपलब्ध गराइएको छ।

ल्याटिन शब्दकोशको यहा“सम्मको यात्रा त्यत्ति सहज पक्कै भएन। यसले निकै उथलपुथलपूर्ण शताब्दी सामना गर्दै आजको अवस्थासम्म आइपुगेको छ। पहिलो विश्वयुद्धको सुरुवातमा शब्दकोश बनाउने टोलीका थुप्रै अध्येता र कर्मचारीले ज्यान गुमाउनुप¥यो। दोस्रो विश्वयुद्धताका म्युनिखमा भएको बमबारीबाट दस्तावेजहरू जोगाउन एउटा गुम्बामा सारियो। युद्धपछि आणविक आतंकबाट जोगिन ती सबै दस्तावेजलाई माइक्रोफिल्ममा रूपान्तरण गरियो। एउटा घना जंगलमा सुरुङ खनेर ती सबै माइक्रो फिल्मलाई सुरक्षित गरियो। त्यो सुरुङभित्र सांस्कृतिक रूपमा बहुमूल्य अन्य सामग्रीसँगै ती माइक्रोफिल्मको सुरक्षा गरिएको थियो।

दोस्रो विश्वयुद्धसम्म त्यो सम्पत्ति जर्मनी सरकारको एकलौटी थियो। तर, युद्धपछि त्यसलाई अन्तर्राष्ट्रिय सम्पत्ति बनाइयो। आज पनि शब्दकोश बनाउन विनियोजन गरिने वार्षिक १.२५ मिलियन युरो डलरमध्ये ठूलो हिस्सा जर्मन करदाताबाटै असुलिन्छ। अमेरिकासहित परियोजनामा सहकार्य गर्ने देशहरूले म्युनिखमा अध्येताहरू पठाउने गरेको छ।

परियोजनाको कामबारे यसअघि भएका पूर्वानुमान ठीकठीक मिल्दै गएकाले आगामी सन् २०५० भित्र यसको सबै काम फत्ते हुने पूर्वानुमान पनि मिल्नेमा सबै आशावादी छन्। अहिले शब्दकोश बनाउन दत्तचित्त दिएर लागिपरेका अधिकांश अध्येताहरू शब्दकोशको अन्तिम रूप तयार हुन्जेल आफू यो संसारमा जीवित नरहने छैनन्।

मिसिसिपी स्टेट युनिभर्सिटीका अतिथि सह–प्राध्यापक क्रिस्टियन फ्लो ल्याटिन शब्दकोशमाथि शोध गर्दैछन्। उनले यो शब्दकोश बनाउन लागेको लामो समयावधि नै यसको शक्ति भएको बताउ“छन्। ‘यो शब्दकोशको विरोधाभास के हो भने यसको समयहीनता नै यसको असम्पन्नता बनेको छ।’
(द न्यू योर्क टाइम्समा प्रकाशित आलेखलाई नीरज लवजूले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २८ मंसिर २०७६ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App