१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चन्द्रागिरि सोचेभन्दा राम्रोः प्रधानमन्त्री (फोटो फिचर)

बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडको बिहीबार उद्घाटन गर्दै दाहालले निजी क्षेत्रको भिजन, इच्छाशक्ति, पूँजी, विज्ञान र प्रविधिको समिश्रणले चन्द्रागिरि केबलकारसहित पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बताए ।

‘चन्द्रागिरिमा समयमै परियोजना सम्पन्न गरेर सरकार र कर्मचारीलाई चुनौती थपिएको छ,’ उनले भने, ‘हामीले कल्पना गरे भन्दा नमुना रुपमा परियोजना सम्पन्न भएको पाएँ ।’

काठमाडौंको चन्द्रागिरिमा करिब चार अर्ब रुपैयाँमा निर्माण गरिएको केबलकार, भालेश्वर मन्दिर, भ्यू पाइन्ट लगायत पर्यटकीय गन्तव्यको अबलोकन गरेपछि प्रधानमन्त्रीले निजी क्षेत्रको प्रसंशा गरेका थिए । ‘मैले सोचे भन्दा धेरै राम्रो पाएँ,’ दाहालले भने, ‘चाहे गर्न सकिन्छ भन्ने यो प्रमाण हो ।’

अब निजी र सरकारी क्षेत्रले मिलेर विकासका योजना सञ्चालन गर्नुपर्ने बताए । ‘मुलुकमा पर्यटकीय सम्भावना निकै रहेको छ,’ उनले भने, ‘चन्द्रागिरि जस्तै धेरै पहाडमा पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।’

केबलकार चढेर २५ सय मिटरभन्दा बढी उचाइमा रहेको चन्द्रागिरि पुगेर मनोरम दृष्यावलोकन गर्न सकिन्छ । नेपाल आउने पर्यटकको बसाई लम्बाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन जोखिम मोलेर परियोजना कार्यान्वयनमा ल्याएको चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले बताए । केबलकार सञ्चालन आएपछि सरकारलाई मासिक ६० लाख रुपैयाँ राजस्व तिरिरहेको बताए ।

चन्द्रागिरि डाँडामा होटल, रिसोर्ट निर्माण भइरहेका छन् । काठमाडौंको धुलोधुवाँबाट केही समय छुटकारा पाउन चन्द्रागिरि उपयुक्त पर्यटकीय गन्तव्य भएको छ । चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर, भ्युटावर, थिएटर र सम्मेलन हलसमेत निर्माण गरिएका छन् ।

केबलकार चढेर २५ सय मिटरभन्दा बढी उचाइमा रहेको चन्द्रागिरि पुगेर मनोरम दृष्यावलोकन गर्न सकिन्छ । नेपाल आउने पर्यटकको बसाई लम्बाएर मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउन जोखिम मोलेर परियोजना कार्यान्वयनमा ल्याएको चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले बताए । केबलकार सञ्चालन आएपछि सरकारलाई मासिक ६० लाख रुपैयाँ राजस्व तिरिरहेको बताए ।

आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल, हेमराज ढकाल, भाटभटेनी समुहका मिन बहादुर गुरुङ, कल्याण गुरुङ, हाथवे इन्भेष्टमेन्टका अम्बिका प्रसाद पौडेल, कल्याण गुरुङ, नवराज नेपालको लगानीमा चन्द्रागिरि पर्यटकीय गन्तव्य निर्माण गरिएको हो ।

काठमाडौंको थानकोट गोदामचौरदेखि केबलकार चढेर नौ मिनेटमै चन्द्रागिरि पुग्न सकिन्छ । केबलकारमा ११ वटा टावर (रिले स्टेसन) निर्माण गरिएको छ । केबलकारको तारमा यात्रु ओसार्न ३६ वटा डब्बा (गोन्डला), एउटा मेन्टिेनेन्स क्यारियर र दुई लगेज क्यारियर जडान गरिएको छ । केबलकारले हरेक घण्टा एक हजार यात्रु ओसार्न सक्छ । यात्रुको सुरक्षालाई मध्यनजर गरी उच्च प्रविधि जडान गरेर हरेक टावर र डब्बाको प्राविधिक अवस्थालाई कम्युटरबाट निगरानी गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

चन्द्रागिरिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व भएकाले सबैको आकर्षण बढेको छ । थानकोट प्रहरी चौकी नजिकबाट चित्लाङ जाने बाटोतर्फ करिब तीन मिनेट जति सवारी साधनमा गएपछि केबुलकारको बटम स्टेसन पुगिन्छ ।

सबै तस्बिरः केशव थोकर

बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
बिहीबार चन्द्रागिरी हिल्सको उद्घाटका अवसरमा जुटेका आगन्तुक। तस्बिरः केशव थोकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App