१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंका पहिलो मेयरको निधन

काठमाडौ  – तत्कालीन काठमाडौं नगरपालिकाका प्रथम मेयर जनकमान श्रेष्ठको शुक्रबार निधन भएको छ। कलेजोको क्यान्सरबाट पीडित उनको ९२ वर्षको उमेरमा टेकुस्थित आफ्नै निवासमा निधन भएको हो। श्रेष्ठ २०१० सालमा काठमाडौं नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए। उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा निर्वाचन लडेका थिए।

श्रेष्ठको पारिवारिक पृष्ठभूमि कम्युनिस्ट भए पनि उनी कम्युनिस्ट पार्टीका सदस्य भने थिएनन्।  श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनको शुक्रबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनको निधनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शोक विज्ञप्ति प्रकाशित गरेका छन्।

प्रकाशित: २८ मंसिर २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App