१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

तीन टोलीको उपाधि दाबेदारी

काठमाडौं – मच्छिन्द्र र ब्रिगेड ब्वाइज क्लब बीचको खेलसँगै यस वर्षको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हुनेछ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले करिब पाँच वर्षको अन्तरालपछि दशरथ रंगशालामा ‘ए’ डिभिजन लिग खेलाउन लागेको हो। एन्फाभित्रको बिवाद र वि.सं.२०७२ सालको भूकम्पका कारण रंगशालामा क्षतिका कारण पाँच वर्षदेखि रोकिएको लिग एन्फामा नयाँ नेतृत्व आएसँगै गत वर्ष एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालनमा आएको थियो।

एन्फाले गत वर्ष १४ टोलीबीच रेलिगेसनविनाको लिग गराइएपछि निकै आलोचित बनेको थियो। गत वर्ष एन्फाले लिगमा पुछारको अन्तिम दुई टोलीलाई नयाँ सिजनमा क्रमशः २ अंक र एक अंक घटुवा गर्ने निर्णय गरेको थियो। जसअनुसार गत सिजन १४औं स्थानको न्युरोड टिम (एनआरटी)को २ अंक घटुवा गरिनेछ भने १३आंै स्थानको मच्छिन्द्रको १ अंक घटाइनेछ।

लिगमा मनाङ मस्र्याङ्दी, थ्री स्टार, मच्छिन्द्र, संकटा, जावलाखेल, त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस, एनआरटी, च्यासल युवा, पे्रmन्ड्स, सरस्वती, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब गरी कुल १४ टोलीको सहभागिता रहनेछ। राउन्ड रोबिनका आधारमा हुने लिगमा प्रत्येक टोलीले समान १३ खेल खेल्नेछन् र अन्तिम स्थानमा रहने एक टोली रेलिगेसनमा पर्नेछ।

लिगविजेताले अघिल्लो संस्करणको जस्तै नगद ५० लाख र उपविजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो, चौथो, पाँचांै र छैटांै स्थानका टोलीले क्रमशः नगद २५ लाख, १५ लाख, ७ र ५ लाख प्राप्त गर्नेछन्। लिगको तयारीका लागि सहभागी सबै टोलीलाई समान २० लाख दिइएको छ। प्रत्येक खेलको विजयी टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएको खण्डमा दुवै टोलीले समान नगद १५ हजार हात पार्नेछन्।

म्यानअफ दी म्याचले नगद १० हजार र फेयर प्ले टोलीले नगद १ लाख रुपैयाँ पाउनेछन्। लिगमा उत्कृष्ट ५ (गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षक) ले जनही नगद १ लाख ५० हजार हात पार्नेछन्। यसअघि यी विधाका विजेतालाई मोटरसाइल प्रदान गरिँदै आएको थियो। त्यो प्रक्रिया झन्झटिलो भएकाले यस पटकबाट नगदको व्यवस्था गरिएको एन्फाले जनाएको छ।

नयाँ सिजनको सुरुआतसँगै साबिकको विजेता मनाङ  लिग उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ भने आर्मी, थ्री स्टार र नेपाल पुलिस सम्मानजनक स्थान प्राप्त गर्ने लक्ष्यमा हुनेछन्। यता राष्ट्रिय टोलीका ९ खेलाडीसहितको मच्छिन्द्रलाई यस पटक उपाधिको दाबेदारको रूपमा हेरिएको छ।

एन्फाले लिगको पूर्वसन्ध्यामा शुक्रबार दशरथ रंगशालामा आयोजना गरेको टिम तयारीबारे पत्रकार सम्मेलनमा सहभागी १४ क्लबमध्ये ९ क्लबका प्रशिक्षकले आफ्नो तयारी र लक्ष्यको बारेमा बताए। थ्री स्टार, पे्रmन्ड्स, संकटा, जावलाखेल युथ र सरस्वती क्लबका प्रतिनिधिहरू भने उपस्थित भएनन्।

राजुकाजी शाक्य,प्रशिक्षक (एनआरटी)
एनआरटी पछिल्लो एक महिनादेखि प्रशिक्षणमा छ। तर, केही खेलाडी सागको यु–२३ टोलीमा भएकाले हामीले सोचेअनुरूपको पूर्ण सेटमा बस्दै तयारी भने गर्न सकेका छैनौं। यसले टिम सेट हुन पाएको छैन। मैंले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलता हात पारे पनि घरेलु प्रतियोगिताहरूमा आफ्नो टोलीलाई दाबेदारको रूपमा उभ्याउन सकेको छैन। आशा छ, यो पटक त्यसमा परिवर्तन आउँछ। हामी यसपटक लिगको शीर्ष ६ भित्र पर्दै सिजनको अन्त्य गर्ने लक्ष्यमा छौं।

नवीन न्यौपाने, प्रशिक्षक (त्रिभुवन आर्मी क्लब)
लिग विजेता बन्ने लक्ष्य लिएर नै हामीले तयारी गरिरहेका छौं। हामी च्याम्पियन बन्न चाहन्छांै। विश्वकप छनोट र साग खेलकुदका कारण अन्य टोलीजस्तै हामीले पनि सबै खेलाडीहरूलाई एक साथ प्रशिक्षण गराउन सकिरहेका छैनांै। टिम सेट भएको छैन। हामी कुनै पनि टोलीलाई कमजोर रूपमा लिदैनांै। गत सिजन हामीले धेरै खेलमा अंक बाड्यांै अन्तत् लिगको उपाधि दौडबाटै बाहिरिनुप-यो। कप्तान तथा स्ट्राइकर भरत खवास, राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु र नवयुग श्रेष्ठ टोलीका मुख्य खेलाडी हुनेछन्।

प्रवेश कटुवाल प्रशिक्षक(मच्छिन्द्र क्लब)
हामीले यस पटक अधिकांश राष्ट्रिय टोलीका सदस्य र केही अनुभवी खेलाडीलाई क्लबमा अनुबन्धन गरेका छौं। गत सिजन हाम्रा लागि सोचेअनुरूप भएन। त्यसैले यो पटक त्यो छबि सुधार्दै लिग विजेता बन्नकै लागि खेल्नेछांै। विगत तीन सातादेखि प्रशिक्षणमा छांै। झापा–११ का धेरै खेलाडी हाम्रो टोलीमा छन्, जहाँ म प्रशिक्षक थिएँ। त्यसैले उनीहरूसँग काम गर्न सहज बन्नेछ। क्लबले गरेको लगानी र विश्वासलाई खेर जान दिने छैनाैं। कप्तान विराज महर्जनका साथै यु–१९ टोलीका स्ट्राइकर अभिषेक रिजाल र सुजल श्रेष्ठ टोलीका मुख्य खेलाडी हुनेछन्।

भरत शाह, व्यवस्थापक (नेपाल पुलिस)
विभागीय टिम भएकाले हामी निरन्तर अभ्यासमा छौं। हाम्रो टोलीमा विदेशी खेलाडी छैनन्। विजेता बन्नकै लागि लिग खेल्ने हो। तयारी पनि त्यहींअनुसार गरेका छौं। पहिलेको जस्तो हाम्रो टोली बलियो नभए पनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं। खेल हो, नतिजा जस्तो पनि आउन सक्छ।

बालगोपाल साउखल, प्रशिक्षक (च्यासल युथ)
अन्य क्लबजस्तै हाम्रो पनि केही खेलाडी साग यु–२३ टोलीमा भएकाले पूर्ण सेटका साथ तयारी गर्न पाएका छैनौं। ‘ए’ डिभिजन लिगमा प्रशिक्षकका रूपमा डेब्यु सिजन हो। त्यसैले मलाई दिएको जिम्मेवारीप्रति क्लबलाई धन्यवाद दिन चाहन्छु। टोलीमा सन्तोष साहुखल, सुनील बल र गोलकिपर एलन न्यौपाने मुख्य खेलाडी हुनेछन्। यस पटक तीन जापानी खेलाडी भित्र्याएका छाैं। उनीहरू प्राविधिक रूपमा माथि छन्। हामीले लिग च्याम्पिन बन्ने लक्ष्य लिएका छौं।

राजेन्द्र तामाङ, प्रशिक्षक (सशस्त्र प्रहरी बल,एपिएफ)
लिगलाई लक्ष्यमा राख्दै साउनबाटै तयारी थालेका थियौं। लिग हुने वा नहुनेमा अन्योल थियो, जुन अन्तत् हुने पक्का भएको छ। लिगकै तयारी भनेर हामीले मोफसलका तीन प्रतियोगिता खेले पनि तीन वटैमा पराजित भयौं। तर सागअघि चन्द्रागिरि गोल्डकपको विजेता बनेसँगै खेलाडीमा मनोबल बढेको छ। टोलीमा कम अनुभवी खेलाडीको बाहुल्यता भए पनि हामी उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त छौं।

अशोक श्रेष्ठ, व्यवस्थापक (हिमालयन शेर्पा क्लब)
सबै क्लबको समस्या अभ्यासका लागि मैदान नहुनु नै हो। हामी भर्खरै मात्र पोखरामा अभ्यास गरेर फर्किएका छौं। शनिबारबाट हामी धुलिखेलमा प्रशिक्षण गर्नेछौं। लिगको मिड टेबलमा बसेर सिजनको अन्त्य गर्ने लक्ष्यमा छौं। विश्वास श्रेष्ठ र मानबहादुर तामाङ टोलीका मुख्य खेलाडी हुन्। दुई विदेशी खेलाडी भित्राउने प्रयास गरिरहेका छौं।

अरबिन गुरुङ,व्यवस्थापक (ब्रिगेड ब्वाइज क्लब,बिबिसी)
गत वर्षजस्तै टोलीमा यसपटक पनि युवा खेलाडीको बाहुल्यता छ। युवा टोलीलाई विश्वास गरेर उनीहरूलाई नै निरन्तरता दिएका हौ। टोलीका अधिकांश खेलाडी १८ वर्ष मुनिका छन्। गत वर्ष राम्रै सुरुआत गरे पनि अनुभवको कमीका कारण सोचेअनुरूपको नतिजा आएन। त्यसैले यस पटक राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङसहित विजय गुरुङ र उत्तम गुरुङजस्ता अनुभवी खेलाडीलाई टोलीमा अनुबन्धन गरेका छौं। अनिलले बिबिसीबाटै व्यवसायिक करियर सुरु गरेका थिए। हाम्रो लक्ष्य शीर्ष ६ भित्र बस्दै सिजनको अन्त्य गर्नु हो।

फुजा प्रशिक्षक (मनाङ मस्र्याङ्दी)
हामी साबिकको विजेता हौं र हाम्रो लक्ष्य उपाधि रक्षा गर्नु नै हो। यस पटक गत सिजन जस्ता स्टार खेलाडी छैनन् तर पनि हामीसँग भएका अन्य खेलाडी उनीहरू भन्दा कमजोर छैनन्। अञ्जन बिष्ट, रञ्जन बिष्ट र विमल रानाजस्ता खेलाडीको उपस्थिति उपाधि रक्षा यात्रामा महŒवपूर्ण हुनेछ। नेपाली फुटबलमा मेसीको उपनाम पाएका जगजित श्रेष्ठ पनि अस्ट्रेलियाबाट फर्किएका छन्। टोली राम्रो बनेको छ। खेलाडीमा खेल्छु भन्ने प्रतिबद्धता हुनु महत्वपूर्ण पक्ष हो। टोलीमा स्टार खेलाडी हुनु वा नहुनुले खासै अर्थ राख्दैन। टिम भावना ठूला कुरा हो।

एन्फाले लिगको पूर्वसन्ध्यामा शुक्रबार दशरथ रंगशालामा आयोजना गरेको टिम तयारीबारे पत्रकार सम्मेलनमा सहभागी १४ क्लबमध्ये ९ क्लबका प्रशिक्षकले आफ्नो तयारी र लक्ष्यको बारेमा बताए। थ्री स्टार, पे्रmन्ड्स, संकटा, जावलाखेल युथ र सरस्वती क्लबका प्रतिनिधिहरू भने उपस्थित भएनन्।

प्रकाशित: २८ मंसिर २०७६ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App