१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुटपिटबाट एकजनाको मृत्यु

खोटाङ – सामान्य विवाद बढ्दै गएपछि बिहीबार राति तीनजनाको कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो। हलेसी तुवाचुङ–९ सल्ले तल्लोचिचिंगाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुसल प्रहार गर्दा रमेश गम्भीर घाइते भएका थिए। हलेसीस्थित क्लिनिकमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले बताए।

घटनामा संलग्न तीनैजना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको डिएसपी गौतमको भनाइ छ। घर निर्माणको काम गरेर फर्कंदै गरेका रमेश, उनका दाजु अर्जुन र फरार तीनजनाको बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा सुरु भएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताए। मादक पदार्थ सेवनका कारण झगडा भएको स्थानीयको भनाइ छ।

प्रकाशित: २८ मंसिर २०७६ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App