१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदैं

फाइल तस्बिर

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई नगर परिक्रमा गरिने भएको छ। पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगर परिक्रमा सुरू हुनेछ। रंगशाला, न्युरोड, शहिदगेट, थापाथली, सातदोबाटो, कोटेश्वर सूर्यविनायक कोटेश्वर, बानेश्वर, माइतीघर शहिदगेट हुँदै फेरि रंगशालामा आएर नगर परिक्रमा सकिनेछ। राखेपले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह गरेको छ।

मंसिर २४ गते सकिएको सागमा नेपालले ५१ स्वर्णसहित २०६ पदक जितेको छ। सरकारले सागका स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्य जित्नेलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ।

प्रकाशित: २७ मंसिर २०७६ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App