१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सात किलो चरेससहित ४ जना पक्राउ

धनगढी- सुदूरपश्चिमको स्थाई राजधानी घोषणा गरिएको कैलालीको अत्तरियामा ७ किलो चरेस फेला परेको छ। प्रहरीले ७ किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ।

गोदावरी नगरपालिका २ कडायत टोल रिङरोडस्थित बसन्तराज भट्टको घरको एक कोठाबाट उक्त चरेशसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। भट्टको घरमा उक्त कोठा दार्चुला मार्मा गाउँपालिका वडा नं १ बस्ने ३२ वर्षिय जसमल सिंह ठगुन्ना भाडा लिएर बस्दै आएका थिए। चरेशको कारोबार भइरहेको बिशेष सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुग्दा खाटमुनी कालोझोलाभित्र राखेको चरेस र ठगुन्नासहित ४ जना फेला परेको उनले बताए।

पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका वडा नम्वर १ घर भई हाल कैलालीको गोदाबरी नगरपालिका वडा नं २ बस्ने ३२ वर्षिय जसमलसिंह ठगुन्ना, दार्चुला मार्मा गाउँपालिका वडा नम्वर १ का २७ वर्षिय जिवनसिंह ठगुन्ना, सोही ठाउँका २५ वर्षिय उकिलसिंह ठगुन्ना र अपी हिमाल गाउँपालिका वडा नम्वर ४ का २४ वर्षिय हिक्मतसिह धामी रहेका छन्। चरेससहित ४ जना फेला परेको भनिएको कोठा जसमलसिंह ठगुन्नाको भएको प्रहरीले बताएको छ।

‘दुई जना बिक्री गर्ने र दुई जनाले खरिद गर्ने क्रममा ४ जना उक्त कोठामा जम्मा भएको बुझिएको छ’ उनले भने। बझाङबाट चरेसल्याइएको उनले बताए। अनुसन्धान भइरहेकाले अन्य कुरा खुल्न बाँकी रहेको उनको भनाई छ। अहिलेसम्म ठूलो परिमाणमा चरेस पक्राउ पर्दा भरिया अथवा चरेस राख्ने तल्लो लेयर व्यक्ति पक्राउ परेपनि चरेस कारोबार गिरोहको नाइकेसम्म प्रहरी पुग्न नसकेको जानकार बताउँछन्। तल्लो लेयरका भरियालगायतका समातिने व्यक्तिलेसमेत नाइकेलाई नचिन्ने भएकाले गिरोहका नाइके पक्राउ गर्न गाह्रो हुने प्रहरी अधिकारीले बताउदै आएका छन्।

यो चरेस कहाँ लैजान ल्याइएको र यसको गिरोहमा कोको संलग्न छन् भनेर अनुसन्धान गर्न बाँकी भएकाले सबै तथ्य सामने आउन नसकेको प्रहरीले बताएको छ।

 

प्रकाशित: २६ मंसिर २०७६ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App