१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा छाउपडि गोठ मुक्त अभियान सुरू

तिला-३ का तीन बस्ती छाउगोठ मुक्त घोषणा गर्दै। तस्बिरःधनबहादुर/नागरिक

जुम्ला- जुम्लाका स्थानीय तहले गैर सरकारी संस्थासँगको समन्वयमा छाउपडि गोठ मुक्त अभियान सुुरु गरेका छन्। समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छाउपडी प्रथा न्युनिकरणका लागि छाउगोठ मुक्त अभियान थालिएको हो। छाउपडि प्रथा महिलाको बृद्धि विकासको बाधक हो,‘सामाजिक अभियन्ता कमलराज खत्री भन्छन्, ‘महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्युनिरकरणका लागि यो अभियान एक नमुना कार्य हो।’

हालसम्म तातोपानी गाउँपालिकाका ६ बस्ती, तिला गाउँपालिकाका ११ बस्ती र पातारासी गाउँपालिकाका ४ वटा बस्ती छाउगोठ मुक्त भइसकेका छन्। सर्बोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्तीहरु छाउगोठ मुक्त भइसकेका छन्। स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तिब्र गतिमा अघि बढेको छ। जुम्लाको तिला गाउँपालिकाले २०२१ सम्म पुरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाइ सक्ने रणनिती तयार पारीसकेको छ।

छाउगोठ मुक्त बस्ती घोषणा गर्नको लागि महिनामा दुई पटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गर्छन्। प्रत्येक ३ महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन हुन्छ। त्यो समयमा छाउपडि बार्ने र नबार्ने संख्या एकिन हुने गर्छ। त्यसपछि गाउँ तथा बस्ती स्तरिय सामूहिक प्रतिबद्धता र हस्ताक्षर संकलन गरिन्छ। त्यो अवधीसम्म छाउपडि प्रथाका कारण महिलाले भोग्नु परेका समस्याका बारेमा जनचेतना अभिवृद्धिका कार्यक्रम भइरहेका हुन्छन्।

वडापालिका र गाउँपालिका स्तरिय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणा गरिन्छ। अनुगमन प्रतिबेदनका आधारमा छाउगोठ मुक्त बस्ती घोषणा गर्नको लागि मिति तय गरिने गरेको स्थानीय तह बताउँछन्। सरकारले छाउपडि उन्मुुलन निर्देशिका ल्याएपनि कार्यन्वयनमा आउन सकेको छैन। निर्देशिकाले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना निर्धारण गरेको छ। तर यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन।

तिला ३ की लालकुरा नेपाली छाउपडि प्रथाले हिंसा बढाइरहेको बताउँछिन। उनले भनिन्, ‘महिला हिंसाको एक प्रमुख कारण छाउपडि प्रथा हो। यो न्युनिकरणका लागि सबै एकजुट हुनुपर्छ। गाउँमा छाउपडिविरुद्धका क्रियाकलाप भइरहेको बताउँदै उनले छाउपडि उन्मुलनका लागि महिला एकता आवश्यक रहेको बताइन्। पहिले महिला तथा बालबालिका कार्यालय छाउपडि प्रथाविरुद्धका क्रियाकलाप गर्दै आइराखेकोमा अहिले स्थानीय तहको महिला शाखाले कार्य गर्दै आइराखेको छ।

सर्बोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्री पछिल्लो समयमा छाउपडि प्रथाविरुद्ध महिला एक जुट हुँदै गइरहेको बताउँछन्। तथ्यांक अनुसार जुम्लाका २६ बस्ती छाउगोठ मुक्त भइसकेका छन्।


 

प्रकाशित: २६ मंसिर २०७६ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App