१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नयाँ स्वरुपमा धनगढी क्रिकेट

काठमाडौं- 'क्रिकेट नगरी' ले परिचित सुदूरपश्चिमको धनगढीमा हुँदै आएको धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगिताले नयाँ स्वरुप पाएको छ। दुई प्रतियोगितालाई गाभेर यो वर्षबाट धनगढी प्रिमियर लिग (डिपिएल) को नाममा प्रतियोगिता हुने भएको छ।

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले संयुक्तआयोजना गर्नेडिपिएल चैत ५ बाट अञ्चल प्रहरी मैदान(एसएसपी) हुनेछ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमीमा अध्यक्ष सुवास शाहीले देशकै ठूलो धनराशिको क्रिकेट प्रतियोगितामा ६ टोलीको सहभागिता रहने बताए। उनका अनुसार ती टोली देशका विभिन्न ६ सहरको नाममा रहन्छ।

ट्वान्टी–२० स्वरुपमा खेलाइने प्रतियोगितामा ६ टोलीले अक्सनका आधारमा खेलाडी लिने व्यवस्था गरिएको शाहीले जानकारी दिए।उनका अनुसार खेलाडीका लागि अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्ने व्यवस्था गरिएको छ। धनगढी क्रिकेट एकेडेमीमा दर्ता भएका खेलाडीलाई मात्र अक्सनमा राखिनेछ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले खेलाडीको दर्ता प्रक्रियाको सुरुआत गरेका छन्। अब खेलाडीले विकेटनेपाल डटकममा पुस १५ सम्म नाम दर्ता गर्नुपर्नेछ। खेलाडीको अक्सन भने पुस २३ मा हुनेछ। धनगढी, अत्तरिया, रुपन्देही र काठमाडौंको नाम आइसके पनि अन्य टोलीको छिट्टै टुंगो लाग्ने उनले बताए।

पारसले यस्तो प्रतियोगिताले क्रिकेटविकासमा सहयोग पुग्ने बताए। उनले सरकारी स्तरबाट घरेलु क्रिकेट गतिविधि केही नभएको अवस्थामानिजीक्षेत्रबाट भएको प्रयासप्रति सम्मान गर्नुपर्ने बताए।‘आज धनगढीमा यो प्रतियोगिता हुँदैछ,’ पारसले भने, ‘यस्तै प्रतियोगिता विस्तारै अन्य सहरमा पनि आयोजना हुने हो भने घरेलु क्रिकेटलाई ठूलो मद्दत पुग्नेछ।’

एउटा टोलीले १५ खेलाडी र १ प्रशिक्षकआबद्ध गर्न पाउँछ। त्यसमा ३ विदेशी खेलाडीआबद्ध गर्न पाउँछन्। त्यसमध्ये प्लेइङ–११ मा २ जनाले मात्र खेल्न पाउने नियम छ।

सहभागी टोलीको नामका साथै टोलीकामालिक र कप्तानको नाम पुस २१ मा सार्वजनिक गरिने शाहीले बताए। अक्सनका लागि राष्ट्रिय टोलीमा समावेश खेलाडीको आधारभूत रकम ५० हजार रुपैयाँ छ भने पूर्व राष्ट्रिय खेलाडी तथा यु–१९ टोलीका खेलाडीको ३० हजार रकम राखिएको छ। राष्ट्रिय टोलीमा नपरेका खेलाडीको रकम २० हजार राखिएको छ। आधारभूत रकमबाट खेलाडीको अक्सन बढाबढमा हुनेछ।

लिग चरण राउन्ड रोबिनकाआधारमा हुनेछ। शीर्ष ४ टोलीले प्लेअफ खेल्नेछन्। त्यसमध्ये पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच हुने विजेता सिधै फाइनल पुग्नेछ। हारेको टोलीले तेस्रो र चौथो स्थानको विजेतासँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता विजेताले १५ लाख तथा उपविजेताले ७ लाख नगद पुरस्कारजित्नेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार जित्नेछन् भने म्यान अफ दी सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछ।

टिकटबाट उठेको रकममध्ये २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक स्व. अर्जुन खड्काको छोराछोरीको पढाइका लागि कोष खडा गरिने शाहीले बताए। उनका अनुसार १५ प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणर १५ प्रतिशत रकम सहभागी टोलीलाई दिइनेछ। प्रतियोगिताअघि राष्ट्रिय टोली र धनगढी–११ बीच प्रदर्शनी खेल हुनेछ। उक्त खेलको टिकटबाट उठ्ने रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानलाई हस्तान्तरण गरिनेछ।

सम्झौतापत्रमा हस्ताक्षर

धनगढी प्रिमियर लिग प्रतियोगिताको मुख्य प्रायोजकमा घोराही सिमेन्ट छ। घोराही सिमेन्टका निर्देशक संजय वंशल र डिसिएका अध्यक्ष सुवास शाहीले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यससँगै अब प्रतियोगिताको नामअघि घोराही सिमेन्टको उत्पादन सगरमाथा सिमेन्ट जोडिने छ। सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको मुख्य प्रायोजन रकम १५ लाख रहेको जनाइएको छ।

प्रकाशित: ३० मंसिर २०७३ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App