१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुल अन्तिम १६ मा

लन्डन – लिभरपुल ३० वर्षपछि इङलिस प्रिमियर लिगको आफ्नो पहिलो उपाधिका लागि अघि बढिरहेको छ। च्याम्पिन्स लिगको साविकको विजेता लिभरपुल सो उपाधि रक्षा गर्न उत्तिकै महत्वाकांक्षी छ भन्ने संकेत गरेको छ। योर्गान क्लोपको टोलीले मंगलबार समूह ‘इ’ को विजेताको रूपमा च्याम्पिन्स लिगको अन्तिम १६ मा स्थान पक्का गर्ने क्रममा अस्ट्रियन टोली साल्जबर्गमाथि २–० को जित हात पारेको थियो। यससँगै क्लोपको टोलीले सोमबार हुने अन्तिम १६ को ड्रमा बायर्न म्युनिख, बार्सिलोना, युभेन्टस, पेरिस सेन्ट जर्मन र म्यानचेस्टर सिटीजस्ता बलिया टोलीसँग अन्तिम १६ मा खेल्न नपर्ने भएको छ। साथै टोलीले सेकेन्ड लेग एन्फिल्डमा खेल्ने पनि पक्का गरेको छ।

लिभरपुलले डिसेम्बरभर विभिन्न ४ प्रतियोगिता गरी ९ खेल खेल्ने छ। साथै टोलीले अर्र्कोे साता लगातार दुई दिन दुई प्रतियोगिता (लिग कप क्वाटरफाइनल र क्लब विश्वकप) खेल्ने छ। लिभरपुलको युवा टोलीले एस्टन भिल्लाविरुद्धको लिगक कप खेल्ने छ भने पहिलो रोजाईको टोलीले कतार भमण गर्ने छ।

‘हामीलाई हाम्रो खेल तालिका थाहा छ, हामीलाई कहाँ जाने पनि थाहा छ। हामीले लगातार खेल खेलिरहेका छौं र त्यही खेल दौरान कतार भ्रमण पनि जाने छौ,’ क्लोपले भने, ‘त्यो सबै सत्य हो तर हामी कुनै पनि खेल भने गुमाउन चाहँदैनौं।’
क्लोपले गत साता एभर्टनविरुद्ध मर्सिसाइड डर्बीमा रोबेर्टो फेर्मिनो र मोहम्मद सलाहलाई बेन्चमा राख्दै सबैलाई आश्र्चयमा पारेका थिए। उनले जार्दान साकिरी र डिभोक ओरिगीलाई अवसर दिएका थिए। जहाँ लिभरपुलले सन् १९८२ पछि पहिलो पटक एभर्टनविरुद्ध ५ गोल गर्न सफल भएको थियो।

त्यस्तै, आइतबार बर्नमाउथविरुद्ध ३–० को जित हात पारेको खेलमा पनि ७ खेलाडी परिवर्तन गरिएको थियो, जसमा एलेक्स आक्सलेड चेम्बरलियन र नाबी केइटाले पहिलो रोजाईमा अवसर पाएका थिए। ५७ औं मिनेटमा केइटाले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो। त्यसको एक मिनेट नबित्दै सलाहले बललाई जाली चुमाउँदै  लिभरपुलको अग्रता दोब्बर पारेका थिए। च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’मा बार्सिलोनाले इन्टर मिलानलाई २–१ ले हराउँदा बोरुसिया डर्टमन्डले स्लाभिया पाराग्वेलाई २–१ ले हरायो।

प्रकाशित: २६ मंसिर २०७६ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App