१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘खेलकूदमा राजनीति आवश्यक छ’

काठमाडौं– नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलकुदमा राजनीति आवश्यक रहेको बताएका छन्।

साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसंग कुराकानी गर्दै उनले राजनीतिक व्यक्तिको संलग्नताले खेलकूद विकास हुने दाबी गरे। 

‘खेलकूदमा राजनीतिको संलग्न हुनै पर्छ’,उनले प्रश्न गर्दै भने, ‘खेलमा राजनीतिक व्यक्ति संलग्न नभए खेलका विषय हाउसमा कसरी पुग्छ?’ श्रेष्ठले राजनीतिक व्यक्तिको इच्छाशक्तिको कारण खेलकूदमा लगानी बढ्ने दाबी गरे। उनले फोहोरी पोलिटिक्स भने खेलकूदलाई हानिकारक रहेको बताए। 

उनले खेलाडी र संघलाई ग्रेडिङ गर्नुपर्ने समेत बताए। ‘खेलाडीको ग्रेडिङ गर्न जरुरी छ, ग्रेडिङ गर्दा खेलाडीले पाउने सुविधा र व्यवस्थापनमा सजिलो हुन्छ’, उनले भने, ‘नेपालमा धेरै संघ रहेको छ, काम गर्ने र काम नगर्ने संघलाई पनि ग्रेडिङ गर्नु जरुरी छ।’
‘अहिले सरकारले खेलकूदमा लगानी बढाएको छ। यो राम्रो विषय हो। लगानीलाई प्लानिङ गर्दै आवश्यकता अनुसार खर्च गर्नुपर्छ’ उनले भने।

कुराकानीको क्रममा उनले नेपाललाई ५० हजार दर्शक अट्ने रंगशाला आवश्यक रहेको समेत धारण राखे। ‘हामीका इन्फ्राइच्ट्रक्चर बन्दै गएका छन्,’ उनले भने, ‘बेला मौका हुने प्रतियोगिताका कारण विस्तारै विकास भै रहेको छ।’ उनले ‘स्पोर्ट भिलेज’को अवधारण अघि सारे। 

त्यस्तै राष्ट्रिय टिम तयारी समितिका प्राविधिक विज्ञ सुशिल नरसिंह राणाले नेपालले खेलकुद क्षेत्रमा विकास गर्दै गएको बताए। उनले आर्चरी निकै महंगो खेल भएकाले पनि केही समस्या आएको बताए। सुटिङमा नेपाली खेलाडीले समयमै पेस्तोल नपाएको उनले स्विकार गरे। समयमै बजेट नहुदाँ पनि पेस्तोल किन्न समस्या भएको उनको भनाई छ।

उनले साउथ एसियाका सबै देश फुटबलको स्तर एकै किसिमको रहेको बताए। ‘संघको राजनीतिले खेलाडीको पसिनालाई अवमूल्यन गरेको छ’ राणाले भने,‘संघ परिषद्को भरमा पर्नु हुन्न।’ उनले संघलाई स्पोन्सर खोजेर व्यवसायिक हुन समेत सुझाव दिए।

प्रकाशित: २५ मंसिर २०७६ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App