१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'यौनले लियो ज्यान'

काठमाडौं- यौन सम्बन्धका कारण ट्याक्सी चालक राजकुमार लामाको हत्या भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा गठित छानबिन टोलीको अनुसन्धानका क्रममा चालक लामाको हत्याको कारण यौन सम्बन्ध रहेको खुल्न आएको हो।

नयाँबस्तीकै हेलम्बु रेस्टुरेन्ट होटलमा काम गर्ने माया तामाङसँग दोस्रो पटक यौन सम्बन्ध राख्न खोज्दा उत्पन्न विवाद हत्याको कारण देखिएको प्रहरीले जनाएको छ। टोलीको प्रतिवेदनअनुसार लामाले मायासँग एकपटक यौनसम्बन्ध राखिसकेपछि फेरि दोहोर्‍याउन खोज्दा विवाद बढेको थियो। शनिबार अपराह्न होटलमा तोङ्बा खान आएका लामाको त्यही दिन मायासँग चिनजान भएको थियो। बेलुका फेरि होटल पुगेका लामाले मायालाई दोहोरी रेस्टुरेन्ट जाने प्रस्ताव राखेका थिए। त्यसपछि साढे ८ बजेतिर उनीहरू लामाले चलाउँदै आएको बा२ज २२३ नम्बरको ट्याक्सीमा निस्केका थिए। ट्याक्सी नयाँबस्तीमै रहेको एरिना फुट्सलनजिकै पुगेपछि खाल्डामा फसेका कारण उनीहरू सोही होटल फर्केका थिए।

होटल फर्किएर लामाले मायासँग यौनसम्पर्क राखेका थिए। दोस्रोपटक पनि यौनसम्पर्क राख्ने प्रस्ताव मायाले नमानेपछि पैसा तिरेकाले सम्पर्क गर्न पाउनुपर्ने माग लामाले राखेका थिए। सोही क्रममा मायाले धकेल्दा लामा लडेको र लडेकै ठाउँमा रेस्टुरेन्ट सञ्चालक संगीता राईका भाइ मागधन राईले उनको टाउकोमा इँटा प्रहार गरेको प्रहरीले जनाएको छ। त्यसपछि लामा अचेत भएका थिए।

प्रहरी बिट नयाँबस्तीले खबर पाएपछि अचेत अवस्थाका लामालाई आफन्त बोलाई अस्पताल पठाएको थियो। अस्पताल पुग्दा उनको उनको मृत्यु भइसकेको थियो। लामालाई प्रहरीले राति १०ः४५ मा अचेत अवस्थामा फेला पारेको थियो।  रेस्टुरेन्ट सञ्चालक संगीताले नै प्रहरीलाई 'एकजना मान्छे लडेको' भनेर खबर गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० मंसिर २०७३ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App