१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लुम्बिनी प्रचारमा मनीषा र सि

भैरहवा – अभिनेत्री मनीषा  काेइराला र नेपाल भ्रमण वर्षकी सद्भावना दूत चिनियाँ अभिनेत्री सि छिङ सोमबारदेखि सुरु भएको शान्ति र समझ्दारीमा आधारित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका छन्। तीन दिवसीय सम्मेलन सहभागी हुने लुम्बिनी पुगेका अभिनेत्रीद्वय मनीषा र सिले त्यहाँका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गरेका थिए।

लुम्बिनी पुगेकी अभिनेत्री मनीषाले ‘शान्ति र सहयोग’ नामक कला प्रर्दशनीको उद्घाटन गरेकी थिइन्। ग्लोबल पिस सेन्टरमा आयोजना भएको कला प्रदर्शनीमा लुम्बिनी र बुद्धसम्बन्धी ३६ वटा चित्रकला समेटिएका छन्। अभिनेत्री मनीषाले कला प्रदर्शनीको उद्घाटन गर्नुअघि मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करणी पोखरी लगायतको अवलोकन गरेकी थिइन्।

यसअघि चिनियाँ अभिनेत्री सिले मायादेवी मन्दिर र अशोक स्तम्भमा पूजाआजा गरेकी थिइन्। सम्मेलनमा नेपालसहित भारत, भियतनाम, क्याम्बोडिया, मलेसिया र चीन लगायतका देशका प्रतिनिधीहरु सहभागी भएका छन्।

शान्ति र सद्भावका लागि लुम्बिनी अनुसन्धान केन्द्रका अध्यक्ष निरन्जनमान सिंह बस्न्यातले सम्मेलनबारे जानकारी गराएका थिए। सम्मेलनको आयोजना लुम्बिनी विकास कोष, लुम्बिनी विश्वविद्यालय र शान्ति र समझ्दारी लुम्बिनी अनुसन्धान केन्द्रले संयुक्त रुपमा गरेको थियो। सम्मेलनमा शान्तिको प्रयासको निम्ति पहल गर्न अन्तर्राष्ट्रियस्तरबाट सहकार्य गर्न स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गरिरहेका छन्। यस अवधिमा लुम्बिनीको गोटिहवा, निग्लिहवा र तिलौराकोट लगायतका क्षेत्रमा सम्मेलनमा सहभागीहरुलाई भ्रमण गराईने आयोजकको जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७६ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App