१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘रातो र चन्द्रसूर्जे’ले तासमेनिया गुञ्जायमान

तासमेनिया – दर्शकले भरिएको तासमान हलभित्र ‘रातो र चन्द्रसूर्जे’ गीतको आवाज घन्किरहेको बेला हलबाहिर आकाशमा पनि अस्ट्रेलियाको झण्डासँगै नेपालको झण्डा फर्फराइरहेको थियो। अस्ट्रेलिया नजिक रहेको समुद्री टापु तासमानियामा आयोजना भएको नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्न आइतबार बेलुकी होबार्टको कार्यक्रमस्थलमा आइपुगेका दर्शकहरु हलभित्र पस्नुअघि नेपाली झण्डा सामुन्ने सेल्फी खिच्न व्यस्त थिए।

नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको ‘सा कर्णाली’ गीतको भिडियो पर्दामा प्रदर्शन भइरहेको थियो। कन्सर्ट अवधिभर नेपथ्यले श्रोताहरुलाई आफ्ना पुराना र नयाँ गीतहरुको संगालो सुनाएको थियो। ‘नेपथ्यले तासमानियामा बसोबास गर्दै आएका हामीमाझ एकसाथ पर्वको माहोल र नेपालीपनको गौरवबोध बोकेर ल्याइदिएको छ,’ कन्सर्ट हेर्न पुगेकी रोजिना ताम्राकार भनिन।

तीन वर्षअघि गरिएको जनगणनापछि ‘अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स’ले तासमानियामा अंग्रेजी र चिनियाँपछि सबैभन्दा बढी बोलिने भाषा नेपाली भनेर उल्लेख गरेको थियो। हाल अस्ट्रेलिया यात्रामा रहेको नेपथ्यको तासमानिया कन्सर्ट श्रृंखलाको चौथो प्रस्तुति थियो। यसअघि ब्रिसबेन, डार्बिन र एडिलेडमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन्।

तासमानियापछि नेपथ्यले आगामी डिसेम्बर १४ मा सिड्नीमा सांगीतिक प्रस्तुति दिनेछ। यसपटकको नेपथ्य अस्ट्रेलिया कन्सर्टको श्रृंखला मेलबर्नको क्राउनस्थित ‘द पाम्स’ मा पुगेर सकिनेछ। नेपथ्य अस्ट्रेलिया कन्सर्टमा गायक अमृत गुरुङ, ध्रुव लामा, सुरज थापा, निरज गुरुङ, सुविन शाक्य र शान्ति रायमाझी सहभागी छन्।

प्रकाशित: २५ मंसिर २०७६ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App