१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खोटाङलाई चार स्वर्णसहित १५ पदक

खोटाङ–सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय प्रतियोगीतामा खोटाङले चार स्वर्णसहित १५ पदक जितेको छ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सोमबार र मंगलबार बिराटनगरको शहिद रंगशालामा आयोजित क्षेत्रीय छनौट प्रतियोगीतामा खोटाङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो।

१७ स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपाल सितेरियो कराते संघ खोटाङको नेतृत्वमा गएको टोलीले चार स्वर्ण हात पारेको हो। २०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा तीन स्वर्णसहित पूर्वाञ्चल दोश्रो भएको खोटाङले यसपल्ट पनि सोही स्थान प्राप्त गरेको छ।

प्रतियोगीताको महिला एकल कातामा रोस्मा राई, कुमितेतर्फ ६० केजी तौल समुहमा सन्तोष राई, ६८ केजी महिला कुमितेमा मिसडोना राई र पुरुष ८४ केजी समुहमा सन्जयकुमार राईले जिल्लालाई स्वर्ण दिलाएका हुन्। यस्तै, पुरुष एकल कातामा मोतीचन्द्र राई, कुमिते ५० केजी समुहमा अर्जुन श्रेष्ठ, ६७ केजी समुहमा सुजन राई, ८४ केजी समुहमा हरिकाजी राई र महिला ६१ केजी समुहमा जस्मिना राईले रजत हात पारेकी हुन्।

आयोजकका अनुसार पुरुष समुहमा मोतिचन्द्र राई, सुमन राई र नबिन राई, महिला कुमिते ५० केजी तौल समुहमा बिद्याकला राई, ५५ केजी समुहमा प्रिया राई, ५५ केजी समुहमा नबिन राई र ७५ केजी समुहमा ईश्वरधन राईले कास्य पदक जितेका छन्।

प्रतियोगीताकालागि २१ खेलाडी, दुई जना निर्णायक, एक जना कोच र एक जना व्यवस्थापक गरी २५ जनाको टिम बिराटनगर पुगेका थिए।

प्रकाशित: २९ मंसिर २०७३ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App