१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा

काठमाडौं – पूर्वप्रधानन्यायाधीश तथा लेखक सुशीला कार्कीको उपन्यास बजारमा आएको छ। सोमबार किताब पब्लिसर्सले प्रेस विज्ञप्तिमार्फत् पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा आएको जानकारी गराएको थियो। निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरू भएको समयको कथा ‘कारा’ उपन्यासमा समेटिएको छ।

बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा उपन्यासमा समावेश भएका छन्। ‘यो उपन्यास एउटा बन्धनको कथा हो। महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन।

समाजले उनीहरूलाई लगाउने गरेका अनेक बन्धनहरूको कथा यसले बताउँछ,’ पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘लोकतान्त्रिक आन्दोलन क्रममा म जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र उनीहरुको आफन्तका कथाहरू सुनें। त्यसले मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो।’ यसअघि उनको ‘न्याय’ नामक आत्मकथा बजारमा आएको थियो। पुस्तकलाई किताब पब्लिसर्सले बजारमा ल्याएको छ।

‘यस उपन्यासमार्फत् हामीले पूर्वप्रधानन्यायाधीश कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौं। यसले पाठकहरुलाई फरक स्वाद दिने हाम्रो अपेक्षा गरेका छौं,’ किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकालले भनिन्।

प्रकाशित: २४ मंसिर २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App