नेपाल–भारत सीमा मापन सुरु हुँदै

मङ्गलबार, २४ मङि्सर २०७६, ०७ : ०४ नागरिक

काठमाडाैं, – नेपाल– भारत सीमा विवाद रहेका सुस्ता र कालापानीबाहेकका क्षेत्रको सीमा मापन हुनेभएको छ। दुई देशको संयुक्त कार्यदलले मंसिर मसान्तबाट दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षणको काम गर्न लागेको हो। कार्यदलले हरेक वर्ष मंसिरबाट सीमा मापन को काम सुरु गर्ने गरेको छ। तर असारदेखि कात्तिकसम्म सीमा मापनको काम हुँदैन। कार्यदललाई सुस्ता र कालापानीको विषयमा भने सीमा मापन तथा निरीक्षणको म्यान्डेट दिइएको छैन। कार्यदललाई २०७१ बाट सो काम दिइएकोमा करिब आधा काम पूरा भएको नापी विभागले जनाएको छ।

विभागका महानिर्देशक प्रकाश जोशीले नियमित प्रक्रियाअन्तर्गत मंसिरको अन्तिम साताबाट नेपाल–भारत सीमा मापनको काम सुरु हुने बताए। यसका लागि ४ वटा टोली गठन गरिएको पनि उनले जनाए। उनका अनुसार एउटा टोली पूवी क्षेत्रमा सुनसरीदेखि पूर्व इलाममा खटिने छ। सो टोलीले सुनसरी, मोरङ, झापा र इलाममा काम गर्नेछ। यसैगरी अर्को टोली सुनसरीदेखि चितवनमा पुग्ने छ भने तेस्रो टोली नवलपरासीदेखि कपिलवस्तु, बाँकेसम्मका लागि खटिने छ। यस्तै चौथो टोली कैलाली र कञ्चनपुरमा खटिने छ। विभागले यसअघि पनि ४ वटा टोली बनाई विभिन्न ठाउँमा खटाएको थियो। सीमा क्षेत्रमा हराएका स्तम्भ जिपिएस(ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिमार्फत पत्ता लगाई पुनःस्थापना गर्ने, नबनाइएको ठाउँमा नयाँ राख्ने तथा बिग्रे–भत्केकाको मर्मत–सम्भार गर्दै सीमा क्षेत्रमा अतिक्रमण गरेर बसेकालाई हटाउन कार्यादलललाई म्यान्डेट दिइएको छ। नेपाल–भारत १ हजार ८ सय ८० किमि लामो सीमा क्षेत्रमा ८ हजार ५ सय ५३ सीमास्तम्भ रहेका छन्।

कार्यदलले हालसम्म सीमाक्षेत्रमा राखिएका सीमास्तम्भमध्ये ८ हजार ५७ वटाको अध्ययन गरेको छ। बाँकी ४ सय ९६ सीमास्तम्भको अध्ययन नै नभएको नापी विभागले जनाएको छ। विभागका स्थलरूप नापी शाखाका शाखा प्रमुख दयानन्द जोशीका अनुसार अध्ययन गरिएका ८ हजार ५७ वटा सीमास्तम्भ मध्ये १ हजार ६ सय ९८ वटा मर्मत भएका र २ हजार ३५ वटा स्तम्भ पुनः निर्माण गरिएका छन्।

विभागका अनुसार सीमा क्षेत्रमा रहेका ठूला नदी र खोलमा सीमास्तम्भ राख्न बाँकी नै छ। सन् १८१६ को सुगौली सन्धीलाई आधार मानेर हाल सीमाको वैज्ञानिक मापन गर्न सुरू गरिएको नापी विभागको भनाइ छ। विभागले कुनै अवरोध नआए सन् २०२२ सम्म सीमा मापनको काम पूरा हुने जनाएको छ। २०४५ सालमा नेपाल–भारत संयुक्त कार्यदलले सुगौली सन्धी हुँदा जुनजुन ठाउँमा खोला नदी थिए त्यसलाई आधार मानी वैज्ञानिक मापन गर्ने सहमति भएको थियो।






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad