१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोहलपुरमा प्रर्दशन जारी, यातायात र शिक्षण संस्था ठप्प

नेपालगन्ज- स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुरमा उत्पन्न भएको तनाव अझै साम्य भएको छैन। कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार  त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई ठक्कर दिएको थियो। आक्रोशित भएका विद्यार्थी, आफन्त तथा स्थानीयले ट्रकमा आगजनी गरिदिएका  थिए।

 प्रहरीले अन्धाधुन्ध गोली लागेर करिव दुई दर्जन आन्दोलनकारी र आन्दोलनकारीको ढुंगा लागेर १० जना प्रहरी घाईते भएका थिए। प्रहरीले आन्दोलनमाथी दमन गर्दै गोली चलाएको भन्दै सोमबार पनि प्रर्दशन गरिएको छ। कोहलपुरको विभिन्न स्थानमा बिहान १० बजेतिरबाट टायर बालेर प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) शिव सिंहले जानकारी दिए। ‘बिहानभर जनजीवन सामान्य अवस्थामा थियो, बिहान १० बजेपछि आन्दोलनकारी सडकमा जम्मा भएर टायर बाल्न सुरु गरेका छन्,’ उनले भने।

 कोहलपुरको अवस्था बिहानतिर सामान्य भएपनि १० बजेपछि आन्दोलनकारी सडकमा निस्केको उनले बताए। जनजीवन सामान्य बनेका कारण बिहान लामो तथा छोटो दुरिका सवारी साधन चल्न पाएका थिए। अहिले प्रर्दशन हुन थालेपछि पुनः यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। आन्दोलनमा विद्यार्थी, घाईतेका आफन्त तथा स्थानीयको सहभागिता रहेको छ।

 उनीहरुले गृहमन्त्रीको राजीनामा मागेका छन्। कोहलपुर घटनाको छानविन गरी गोली चलाउने प्रहरीमाथी कारबाही गर्न पनि उनीहरुले माग गरेका छन्। आईतबार भएको घटनाको बिरोधमा कोहलपुरका शिक्षण संस्था सोमबार पूर्णरुपमा बन्द भएका छन्। स्थानीय प्रशासनले कोहलपुरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए। 

 

प्रकाशित: २३ मंसिर २०७६ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App