१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कोलकत्ता नाट्य महोत्सवमा नेपाली नाटक मञ्चन हुने

काठमाडौं – भारतको कोलकत्ता अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुने भएको छ। शनिबार थिएटर मलले प्रेस विज्ञप्तिमार्फत कोलकत्ता अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा नेपाली नाटक सहभागी हुने जानकारी गराएको थियो।

महोत्सवमा ११ देशका १७ नाटक मञ्चन हुनेछन्। रंगकर्मी केदार श्रेष्ठद्वारा निर्देशित नाटक ‘करेसा कन्सर्ट’ महोत्सवमा प्रिमियर हुँदैछ। थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयोजनमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरको प्रस्तुति रहने आगामी डिसेम्बर ११ मा महोत्सवमा मञ्चन हुनेछ। नाटकमा राराहिल कीर्तिपुरका विद्यार्थीहरु सहभागी छन्।

‘कन्याश्रीः लभ्ली डटर’ नारासहित आयोजना हुन लागेको महोत्सव आगामी डिसेम्बर १० देखि १३ सम्म चल्नेछ। ‘करेसा कन्सर्ट’ नाटकमा करेसाबारीका तरकारी पात्रहरुले नेपाली समाजको चित्रण गर्दै छलफल गर्नेछन्। नाटकको कोरियोग्राफी रंगकर्मी सञ्जिता पराजुलीले गरेकी छिन्।

नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनले अभिनय गरेका छन्।

प्रकाशित: २३ मंसिर २०७६ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App