१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रदेशको बजेट पनि सडकमै

खोटाङ – खोटाङका प्रदेशसभा सांसदले प्रदेशबाट प्राप्त निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ। खोटाङ (क) का प्रदेशसभा सदस्य राजन राई र खोटाङ (ख) का प्रदेशसभा सदस्य रामकुमार राई पासाङले आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेश १ सरकारले प्रदान गरेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५ करोड बजेट विनियोजन गरेका हुन्।

खोटाङ (क) र (ख) प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको अढाई–अढाई करोड बजेटको अधिकांश अंश सडक निर्माण र स्तरोन्नति शीर्षकमा छुट्याइएको पाइएको छ। अढाई करोड बजेट खोटाङ (क) का १६ वटा योजनाका लागि विनियोजन गरिएकामा त्यसमध्ये नौवटा योजना सडक निर्माण तथा मर्मत सम्बन्धी रहेको खोटाङ (क) का प्रदेशसभा सदस्य राजन राईले बताए।

खोटाङ (क) अन्तरगत केपीलासगढी गाउँपालिका–१, २ र ३ मा सहिद मार्ग सडक मर्मत तथा ट्र््याक खुलाउन १८ लाख, केपीलासगढी गाउँपालिका–१ फेदीमा शुक्रबारे हाट ट्रस निर्माणका लागि १५ लाख, केपीलासगढी गाउँपालिका–४ र ३ स्थित चिउरीबोटे–भुल्के–ओडारे–राँटी सडकका लागि १० लाख, केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा फुटबल मैदान निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, ऐसेलुखर्क गाउँपालिका–३ स्थित ऐसेलुखर्क बजार ट्रस निर्माणका लागि ५० लाख, रावाबेंसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा खेलमैदानका लागि २० लाख, रावाबेंसी गाउँपालिका–५ र ४ मा आहाले–दुबेकोल सडकका लागि १० लाख, रावाबेंसी गाउँपालिका–१ स्थित दम्कु–कुभिण्डे सडकका लागि १५ लाख छुट्याइएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० स्थित पाथेका वडा कार्यालय–तापखोला सडक स्तरोन्नतिका लागि २० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै माला–बसेरी–भुलभुले सडक स्तरोन्नतिका लागि १७ लाख, रत्नपार्क–दिक्तेल क्याम्पस सिँढी निर्माणका लागि १० लाख, हलेसी तुवाचुङ नगरपालिका–३ स्थित पिप्चाई–वालुङबारी ग्रामिण सडकका लागि १० लाख, हलेसी तुवाचुङ नगरपालिकाकै निशंखे–तल्लो चिचिंगा–हलेसी सडकका लागि १० लाख, महेन्द्रोद्वय मावि हलेसीको घेराबाराका लागि १० लाख, हलेसी तुवाचुङ नगरपालिका–५ स्थित सेलुवा–बरबोटे–चाम्लिङडाँडा सडक मर्मतका लागि १० लाख र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानोगाउँ खानेपानी आयोजनाका लागि १५ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, खोटाङ (ख)का १७ योजनामध्ये १२ वटा योजना सडक निर्माण तथा मर्मतका लागि छुट्याइएको छ। खोटाङ (ख)का प्रदेशसभा सदस्य रामकुमार राई पासाङका अनुसार खोटाङ (ख) अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा टारबारी–च्याम्फाघाट सडक निर्माणका लागि २० लाख, सन्सारीडाँडा–वडा कार्यालय–बेंसीटोल–रिजालगाउँ सडकका लागि १५ लाख, सहिद मुक्सन समाधिस्थल–देउराली–तावादोभान सडकका लागि १० लाख बजेट विनियोजन गरिएको छ।

‘काम नगर्ने ठेकेदारलाई कारबाही’
बुटवल, मंसिर २२ (रासस)– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका छन्। उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारवाही स्वरूप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताए। 

रूपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस संगठन नेपाल, रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइने बताए।

उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख गन्तव्यका रूपमा राखेको अवस्थामा भ्रमण वर्ष सुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररूपमा लिएको बताए। यही डिसेम्बरको अन्तिमसम्ममा भैरहवाबाट लुम्बिनी पुग्ने सडक एकतर्फी भएपनि कालोपत्रे गर्न निर्देशन दिँदै मन्त्री नेम्वाङले भने, ‘भ्रमण वर्षको सुरुवातीसँगै लुम्बिनी आवतजावत गर्न पर्यटकलाई कुनै पनि किसिमले समस्या हुनु हुँदैन।’

उनले निर्माण कम्पनीले अलपत्र पारेर छाडेका भैरहवा लुम्बिनी सडकका तिनाउ र दानव नदीका दुईटा पुलको ठेक्का केही दिनभित्रै तोडेर भएपनि काम अगाडि बढाइने स्पष्ट पारे। मन्त्री नेम्वाङले हाल अलपत्र पारिएका पुलको नयाँ प्रक्रियाबाट काम अघि बढाउने र दुबै नदीमा सोही ठाउँमै दुई लेनका दुईवटा पुल थपेर सडकलाई चार लेन पु¥याइने बताए। उनले तत्कालको अवागमनलाई सहज बनाउन उक्त ठाउँमा बेलिब्रिज वा अन्य विकल्पका बारेसमेतमा अध्ययन भइरहेको जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०७६ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App