१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तापमान बढ्दा समुद्रमा अक्सिजनको मात्रा घट्यो

म्याड्रिड – जलवायुपरिवर्तन परिवर्तन र पौष्टिक तत्वबाट उत्पन्न हुने प्रदुषणका कारण समुद्रमा अक्सिजनको मात्रा घट्दै गएको छ। यसले जलचरहरू संकटमा पर्दै गएको अध्ययनले देखाएको छ। प्रकृतिका क्षेत्रमा काम गर्ने समूह आइयू्सीएनको अध्ययनबाट यस्तो तथ्य सार्वजनिक भएको हो। सोधकर्ताहरूले यस विषयमा धेरै मुलुकहरू जानकार रहेको बताएका छन्। जलवायुपरिवर्तका कारण समुद्रमा पोषक तत्व कम हुँदै गइरहेको र परिस्थिति खराब हुँदै गइरहेको सोधकर्ताहरूको दावी छ।

खेत तथा कारखानाबाट उत्पादन हुने नाइट्रोजन र फस्फोरस जस्ता रसायनका कारण समुद्रमा खतरा बढ्दै गएको र समुद्री तट नजिकको क्षेत्रमा अक्सिजन कम हुँदै गइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जलवायु परिवर्तनका कारण कार्वनडाइअक्साइडको मात्रा बढ्दै गएपछि विश्व तापमान निरन्तर बढ्दै गइरहेको छ। उक्त तापमानलाई समुद्रले सोस्दा समुद्रको पानी तातो हुँदै गइरहेको र अक्सिजनको मात्रा घट्दै गइरहेको हो। सन १९६० देखि २०१० को बीचमा समुद्रमा अक्सििजनको मात्रा दुई प्रतिशतले घटेको अध्ययनले देखाएको छ।

जलचरको भविष्य खतरामा
समुद्रमा अक्सिजनको मात्रामा भइरहेको यो मात्रा विश्वभरको औषत हो। तर कतिपय क्षेत्रमा अक्सिजनको मात्रा ४० प्रतिशतसम्म कमि आएको जनाइएको छ। अक्सिजनको मात्रामा भइरहेको यो कमिले समुद्री जीवनमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ। पानीमा अक्सिजनको मात्रा कम हुँदा जेलीफिस जस्ता प्रजातिको संख्या बढ्नेछ। तिव्रगतिमा पौडिने प्रजातिका लागि भने यो खतरनाक हुने सोधकर्ताहरूको भनाइ छ।

आइयूसीएनका मिन्न एप्प भन्छन्, ‘हामी डि–अक्सिजनेशनका बारेमा जानकार छौँ, तर यसको जलवायु परिवर्तनसँगको सम्बन्धका बारेमा जानकारी थिएन। यो चिन्ताको विषय हो।’ उनले अगाडी भने, ‘बिगत ५० वर्षमा अक्सिजनको मात्रामा चार गुणासम्म कमि आएको छ। यदी कार्बन उत्सर्जनको मात्रामा कमि आएन भने समुद्रमा अक्सिजनको मात्रा कम हुँदै जानेछ। ट्युना, मार्लिन र केही शार्क प्रजाति अक्सिजनको कमिका कारण संवेदनशील रहेको अध्ययनले देखाएको छ।

अध्ययनकर्ताहरूले ठूला माछालाई अत्यधिक उर्जा आवश्यक पर्ने भएकाले अक्सिजनको मात्रा बढी हुने समुद्रको माथिल्लो तहमा आउँदा यस्ता जलचरको सिकार बढ्ने खतरा रहेको बताएका छन्। अहिलेकै अवस्थामा विश्वभरमा कार्बन उत्सर्जन भइरहेमा सन २१०० सम्ममा समुद्रबाट अक्सिजनको मात्रा तीन देखि चार प्रतिशतसम्म घटने शोधकर्ताहरूले जनाएका छन्। यसले उष्णतटिय क्षेत्रमा ठूलो असर पर्ने सम्भावना देखिएको छ।

अक्सिजनको कमि जलचरका लागि मात्र नभएर जमिनमा बस्ने जीवलाई पनि खतराको संकेत हो। मिन्ना एप्सले अक्सिजनको मात्र कम हुँदा जैवीक विविधतामा असर पुग्ने बताउछन्। रिपोर्टका सहसम्पादक डेन लेफोले महासागरमा अक्सिजन कम हुँदा समुद्रको इकोसिस्टममा खतरा बढ्ने बताउँछन्। समुद्री पानीका तापमान बढ्दा र छारियपनका कारण समुद्री जीवनमा पहिले देखिनै संकटको बादल मडारिदै गएको छ।

उनले अक्सिजनको मात्रा कमि भइरहेको क्षेत्रमा ग्रीनहाउसबाट निस्किने ग्यासमा रोक लगाउनुपर्ने बताए। यसका साथै खेतबाट तथा कलकारखानाबाट निस्कने प्रदुषणमा पनि नियन्त्रण गर्नुपर्ने उनको सुझाव रहेको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App