१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पहिलो हाफमा नेपाल १–० ले अघि

नेपाल र बंगलादेशबीचको लिग चरणको अन्तिम खेल चलिरहाँदा आइतबार साँझ देखिएको दशरथ रंगशालाको दृश्य। तस्बिर कमल सुवेदी/नागरिकन्यूज

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको अन्तिम लिग खेलमा नेपालले बंगलादेशसँग पहिलो हाफमा एक शुन्यले अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सुनिल बलको गोलमा नेपालले अग्रता बनाएको हो। खेलको १२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले ६ यार्डबाट गोल गरेका हुन्। पहिलो हाफ प्रतिस्पर्धी बनेको थियो।

समूह चरणमा ७ अंक रहेको नेपाललाई फाइनलमा पुग्न १ अंक काफी छ। पराजित भए नेपाल स्वर्णका लागि प्रतिस्पर्धा गर्न पाउने छैन। फाइनलमा अर्को टोली भूटान प्रवेश गरिसकेको छ। 

प्रकाशित: २२ मंसिर २०७६ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App