१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई बराबरी काफी, बंगलादेशलाई जित्नै पर्ने चुनौती

काठमाडौं– राउण्ड लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश आज भिड्दै छन्।

मैदान उत्रिनु अघि नेपालको रणनीति बंगलादेशलाई पारजित गर्ने नै हुनेछ।

एक अंक मात्रै जोडेको खण्डमा फाइनल प्रवेश गर्ने हुँदा नेपाललाई केही सहज हुनेछ। तर, बंगलादेशलाई त्यस्तो सहज अवस्था भने छैन।

समूह चराणमा चार अंक रहेको बंगलादेश नेपालविरुद्ध जीत दर्ता गर्दै फाइनल प्रवेश गर्ने दाउ छ। नेपाललाई पराजित गर्न सके बंगलादेशको पनि ७ अंक हुने छ। हाल नेपालको पनि ७ अंक नै रहेको छ।

नेपाल पराजित भएको खण्डमा ‘हेड टू हेड’को आधारमा पछि पर्ने छ। र, फाइनलमा बंगलादेश जाने छ। ९ अंक जोडेको भूटान भने यस अघि नै फाइनल प्रवेश गरिसकेको छ। 

उता नेपाल भने समूहको एकमात्रै अपराजित टोली हो। घरेलु मैदानमा शान्दार खेल पस्कदै फ्यानहरुको मन जितिरहेको छ। त्यसैले पनि नेपाल बंगलादेशविरुद्ध खेल गुमाउन चाहँदैन।

बंगलादेशसंग तीन अंक खेस्दै नेपाल समूह विजेता बन्ने दाउमा छ। नेपालले तीन खेलमा दुईमा जीत र एक खेलमा बराबरीको नजिता निकालेको छ भने बंगलादेशले एक खेलमा जीत, एक बराबर र एक हार सहित आज लिगको अन्तिम खेल खेल्दै छ। 

नेपालले पहिलो खेलमा भूटानविरुद्व ४–० को जित निकालेको थियो। दोस्रो खेलमा श्रींलकासँग बराबरीमा रोकियो। लिगको तेस्रे खेलमा हिजो शनिबार मात्रै माल्दिभ्ससंग २–१ गोल अन्तरले विजयी भएको नेपाल २४ घण्टा नबित्दै बंगलादेशसंग भिड्न लागेको हो।

यसले नेपाली खेलाडीहरुमा थकाई पनि बढाउने छ। त्यसको फाइदा बंगलादेशले उठायो भने नेपालको अघिल्लो चरणको यात्रा यहीँ सकिने छ। 

नेपाललाई यो पटक साग फुटबलमा स्वर्ण भित्र्याउने सुवर्ण अवसर छ। भारत र पाकिस्तान जस्ता बलिया टोली सहभागी नहुनु र नेपालको खेलको स्तरमा भएको सुधारले नेपाल नै स्वर्णको मूख्य दाबेदार हो। 

२–२ अंक जोडेका श्रीलंका र माल्दिभ्स स्वर्णबाट बाहिरिएका छन्। खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रकाशित: २२ मंसिर २०७६ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App