१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपामा जिम्मेवारी बाँडियो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व सहमतिअनुसार नेताहरूलाई नयाँ जिम्मेवारी तोकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरणपछि मंगलबार नेताहरूको जिम्मेवारी हेरफेर र नयाँ जिम्मेवारी तोकेका हुन्।

राष्ट्रिय अध्यक्षसँगको परामर्शमा पार्टी अध्यक्ष कमल थापाले टंक ढकाल, धुव्रबहादुर प्रधान, राजेन्द्र लिङ्देल, विक्रम पाण्डे, धवलशमशेर जबरा र नरेन्द्र चौधरीलाई महामन्त्रीको जिम्मेवारी दिएका छन्।

र्टीको आन्तरिक विधान तथा पार्टी एकीकरणको नीतिअनुसार राप्रपाले छ उपाध्यक्ष, छ महामन्त्री, दुई कोषाध्यक्ष, दुई प्रवक्ता र चार सहायक प्रवक्ता तोकिएको छ । दुवै पार्टीबाट समान पदाधिकारी रहने गरी गरिएको पदाधिकारी मनोनयनअनुसार बुद्धिमान तामाङ, दीपक बोहोरा, राजीव पराजुली, निरञ्जन थापा र हरिनारायण यादव उपाध्यक्षमा मनोनीत भएका छन् ।

राष्ट्रिय अध्यक्षसँगको परामर्शमा पार्टी अध्यक्ष कमल थापाले टंक ढकाल, धुव्रबहादुर प्रधान, राजेन्द्र लिङ्देल, विक्रम पाण्डे, धवलशमशेर जबरा र नरेन्द्र चौधरीलाई महामन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, कोषाध्यक्ष उद्धव पौडेल र नीलकण्ठ काफ्ले, प्रवक्ता ठाकुर शर्मा र राजाराम श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, सहायक प्रवक्ता मोहन श्रेष्ठ, किरण गिरी, वसन्तमान सिंह अधिकारी र राजाराम बर्तौलालाई तोकिएको छ ।

त्यस्तै, पार्टीको राजनीतिक निर्णय र नियुक्त गर्ने मुख्य अंगका रुपमा रहेको निर्देशक समितिलाई पनि छिटै पूर्णता दिने अध्यक्ष थापाले तयारी गरेका छन् । राष्ट्रिय अध्यक्ष राणाले आफ्नातर्फबाट निर्देशक समितिमा सहभागी हुने नेताहरूको नाम थापालाई बुझाइसकेको स्रोतको दाबी छ । निर्देशक समितिमा राणाका साथै नेता लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ र दीपक बोहोरा छन् तर तत्कालीन राप्रपा नेपालका तर्फबाट अध्यक्ष थापा र नेता राजीव पराजुली दुई जना निश्चित भए पनि बाँकीको नाम टुंगो लाग्न सकेको छैन ।

दुई दलबीच मंसिर ६ गते एकीकरण भएको थियो । त्यस क्रममा ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने सहमति गर्दै दुवै पार्टीबाट बराबर १ सय ५० जना सदस्य रहनेछन् भने कार्यसम्पादन समितिमा पनि दुवै पार्टीबाट बराबर सदस्य रहने सहमति भएको थियो ।

 

प्रकाशित: २९ मंसिर २०७३ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App