१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अभिषेक रिजालको शान्दार गोलमा नेपालले बराबरी गर्यो

फाइल फोटो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्स र नेपालबीचको पहिलो हाफ सकिएको छ।

पहिलो हाफ एक–एक गोलमा सकिएको हो। खेलको १७ औ मिनेटमा माल्दिभ्सले अग्रता लिएको थियो। माल्दिभ्सका लागि इब्राहिम महुदी हुसैनलेले गोल गरेका हुन्।

कम्जोर डिफेन्सको फाइदा उठाउँदै हुसैनले गोल गरे। त्यस्तै ४३ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। नेपालका अभिषेक रिजालले बराबरी गोल गरे। उनले दुई डिफेन्डरलाई छक्काएर शान्दार गोल गरे।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भैरहेको छ। आज माल्दिभ्सविरुद्ध जित निकाल्दै फाइनल पुग्ने दाउमा नेपाल छ। चार अंक सहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपालले २ खेलमा ४ अंक जोडेको हो। 

नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग अतिरिक्त समयको गोलले १–१ को बराबरीमा रोकिएको थियो।

लिग चरणको अन्तिम खेल बंगलादेशसंग खेल्न बाँकी नै छ। आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्ने छ। नेपालको नेतृत्व सुजल श्रेष्ठले गरेका छन्। 

यस तालिकामा माल्दिभ्सको दुई अंक मात्रै छ। पहिलो खेल श्रीलंकासंग गोल रहित बराबरी खेलको थियो। त्यस्तै दोस्रो खेल बंगलादेशसंग पनि एक–एक गोलको बराबरी गरेको थियो।

यता भूटानसंग भने माल्दिभ्स २–१ गोल अन्तरले पराजित भएको थियो। हाल माल्दिभ्सको तालिकाम २ अंक मात्रै छ। अघिल्लो चरण प्रवेशका आश जीवित राख्न आज माल्दिभ्सका लागि जीतको आवश्यकता छ। 

प्रकाशित: २१ मंसिर २०७६ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App