१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न तीन दल सहमत

काठमाडौं- शीर्ष तीन दल पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन्। मंगलबार बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउन प्रस्ताव गरेका थिए। सो प्रस्तावमा मुख्य प्रतिपक्षी दलका नेता एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राजी भएका थिए।

'सकभर नयाँ पुनर्सुरचना बनाएर जाउँ, नभए पुरानै संरचनामा गएर भए पनि निर्वाचन गराउँ। निर्वाचनमा जान एमाले तयार छ

'सकभर नयाँ पुनर्सुरचना बनाएर जाउँ, नभए पुरानै संरचनामा गएर भए पनि निर्वाचन गराउँ। निर्वाचनमा जान एमाले तयार छ,' ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। अहिले स्थानीय निकायको पुनर्संचनामा भइरहेको विवाद र एमालेको जसरी पनि चैतमै चुनाव गर्नुपर्ने अडानका कारण प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सो प्रस्तावमा सहमत भएका हुन्।

'विभिन्न जिल्लामा स्थानीय निकायको पुनर्संचना हुन सकेको छैन। २ नम्बर प्रदेशको ८ वटै जिल्लामा विवाद कायम छ। यस्तो अवस्थामा चुनाव गराउन पुरानै संरचनामा जानुपर्छ,' देउवाले बैठकमा भनेका थिए। सोही कुरालाई 'रियालाइज' गरेर प्रधानमन्त्री दाहाल पनि सो प्रस्ताव स्वीकार गरेको स्रोत बताउँछन्। यसअघि दाहालले पुरानै संरचनामा चुनाव हुन नसक्ने बताउँदै आएका थिए। चुनावबारे 'ग्रिन सिग्नल' पाएका अध्यक्ष ओलीले लगत्तै सहयात्री ८ दलका शीर्ष नेतालाई सिंहदरवारस्थित संसदीय दलका कार्यालयमा डाकेका थिए।

तीन दलमा भएको छलफलबारे बैठकमा सुनाउँदा सहयात्री सबै दलले पुरानै संरचनामा भए पनि चुनावमा जानुपर्ने जिकिर गरेका थिए। 'सकेसम्म नयाँ संरचनामा चुनाव हुनुपर्छ भन्ने हो। त्यो सम्भव भएन भने नयाँ वा पुरानो जुनसुकै संरचनामा भएपनि निर्वाचनमा जानुपर्छ,' राष्टिय जनमुक्ति पार्टी संसदीय दलका नेता शिवलाल थापाले भने। यता आन्दोलनरत मधेसी मोर्चाले नयाँ संरचना नबनाइकन कुनै हालतमा चुनाव गर्न नदिने चेतावनी दिँदै आएको छ।

सोही कारण पनि दुई नम्बर प्रदेशमा अहिलेसम्म स्थानीय निकायको पुनर्संरचना हुन सकेको छैन। पुरानै संरचनामा निर्वाचन गराए २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७  गाविसमा निर्वाचन हुनेछ। यता बालानन्द पौडेल नेतृत्वमा बनेको स्थानीय निकाय राज्य पुनर्संचना आयोगले भने ७ सय ४४ निकाय नबढ्नेगरी काम गरिरहेको छ।

प्रकाशित: २८ मंसिर २०७३ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App