१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय कीर्तिमान सहित विकास थापाले दिलाए नेपाललाई स्वर्ण

पोखरा– ८९ केजी तौल समूहमा नेपालका विकास थापाले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण पदक जितेका छन्।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भारोत्तोलनको खेलको दोस्रो दिन उनले ८९ केजी तौलमा स्वर्ण पदक दिलाउँदा राष्ट्रिय कीर्तिमान समेत बनाएका हुन्। 

शुक्रबार पोखरा माटेपानीस्थित एसआरकेसी बैंक्युटमा आयोजित प्रतिस्पर्धामा उनले स्न्याच तर्फ १२३ केजी उठाए। क्लिन एण्ड जर्क तर्फ १४६ केजी गरी समग्रमा २६९केजी तौल लिफ्ट गर्दै स्वर्ण पदक जितेका हुन्।

प्रकाशित: २० मंसिर २०७६ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App